१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थानिय सरकारलाई ब्यक्ति र संघ संस्थाकाे सहयाेग धमाधम जुट्दैंँ


५ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200417_165407

गौरादह ५, बैशाख /काेराेना भाइरस संक्रमणका कारण बाहिर निस्कने अवस्था नरहेपछि आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई भाेकमारीमा पर्न नदिन संघ संस्था र ब्यक्तिहरुले स्थानीय सरकारलाई सहयाेग गर्ने कार्य बढी रहेकाे छ।

बिपद् ब्यवस्थापनकाे आधारभूत आवश्यकता पुरा गर्न जनप्रतिनिधि र कर्मचारीहरुले पनि आर्थिक सहयोग गरेका छन्। काेराेना भाइरसकाे संक्रमण साझा समस्या भएकालेे सबै मिलेर सामधान गर्न गौरादह नगरपालिका भित्रका संघ संस्थाहरुले एकजुट भएकाे नमुना प्रस्तुत गरेका छन् ।

गौरादह नगरपालिका भित्र रहेका संघ संस्था र प्रधान कार्यालय अन्य स्थानमा रहि गौरादहमा शाखा कार्यलय वा सेवा केन्द्र संचालनमा रहेका संघ संस्थाहरुले यथाशक्य सहयाेग गरिरहेका छन्।

केही संस्थाहरुले नगद सहयाेग गरेका छन् भने केहिले खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन्। हालसम्म गौरादह नगरपालिकालाई ११ लाख ३७ हजार ५ सय ६६ रुपैयाँ नगद सहयाेग जुटिसकेकाे नगरपालिकाका प्रमुख प्रशासाकिय अधिकृत खेमराज ओझाले जानकारी गराए। यसैक्रममा गौरादहमा रहेकाे नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीको रोकथामका लागि गौरादह नगरपालिकाकाे राहात कोषमा आर्थिक सहयोग गरेको छ ।

गौरादह नगरपालिकाको प्रकोप व्यवस्थापन कोष, गौरीगञ्ज गाउँपालिकाको कोष र विर्तामोड नगरपालिकाको कोषमा सहयोग रकम जम्मा गरेको हो। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले बिपद्को बेलामा गौरादह नगरपालिकाको कोषमा ३१ हजार, गौरिगञ्ज गाउँपालिकाको कोषमा ११ हजार र विर्तामोड नगरपालिकाको कोषमा ११ हजार गरि जम्मा ५३ हजार राहात रकम कोषमा जम्मा गरेको सहकारीका अध्यक्ष निर्मल बाँस्तोलाले जानकारी गराए।

तीनवटै स्थानीय तहका कार्यालयमा पुगेर नगर र गाउँपालिकाका प्रमुखहरुलाई चेक हस्तान्तरण गरेकाे अध्यक्ष बाँस्तोलाले बताए। हस्तान्तरण गरिएको चेक ग्रहण गर्दै कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधि उपचार र विपन्नलाई खाद्यान्नको व्यवस्था लगाएतका सामग्री खरिदका लागि स्थानीय सरकारले स्थापना गरेको कोषमा दैनिक सहयोग रकम स्वतस्फुर्त दाताहरुबाट जम्मा हुने क्रम बढ्दो रुपमा रहेको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहाले बताए । सोही अवसरमा गौरादह नगरपालिका वडा नं -७ मा रहेकाे जुरोपानी बहुउद्देशीय सहकारीले नगद सहयाेग गरेकाे छ।सहकारीका मुख्य ब्यबस्थापक कुमार चापागाईंले नगरपालिकाकाे बिपद कोषमा जम्मा हुनेगरि नगद १५ हजारकाे चेक नगर प्रमुख राेहित कुमार शाहलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : १३ बजे