१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेना कहर: खरबुजा खेती गर्ने सयाैं किसानकाे बिल्लीबाठ


२९ चैत्र २०७६, शनिबार  

0
Shares

20200411_140941
आत्माराम राजवंशी
गौरीगंज २९, चैत / सरकारले लगाएकाे लकडाउनका कारण सयाैं विघामा किसानले लगाएकाे खजबुजा खेतमै कुहिँने भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाथानका किसानहरूले कन्काई खाेलाकाे बगरमा लगाएकाे खरबुजा र तरबुजा खेतमै कुहिँदा लाखाैं रूपैयाँ नाेक्सानी हुने भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाथानका खजबुजा खेती गर्ने किसान कैलाश राजवंशीले पाँच विघामा लगाएकाे खरबुजा पाकेर बेच्ने समयमा यातायात र बजार बन्द हुँदा करिब १० लाख रूपैयाँ बराबरकाे खरबुजा खेतमै सड्ने अवस्थामा पुगेकाे बताए । उनले भने – खरबुजा खेती गर्न बैंकबाट ४ लाख ऋण लिएकाे छु । विक्री समयमा बजार बन्द हुँदा खरबुजा खाेला बगरमै कुहिएमा बैंककाे ऋण तिर्नु त परै जावाेस मेराे परिवारकाे समेत विल्लीबाठ हुन्छ ।’

वैदेशिक  राेजगारीमा विदेशकाे समेत अनुभव बटुलेका उनले आफ्नै देशमा त्यतिकै मेहनत गर्दा बिदेशकाे भन्दा राम्राे कमाई हुने भएपछि खरबुजा र तरबुजा खेती गर्न सुरु गरेका थिए ।
कैलाससंगै साेही स्थानमा ३० जना भन्दा बढी युवाहरूले खरबुजा र तरबुजा खेती गरेका छन् । निकै ठुलाे हर्ष र उल्लास बाेकेर उत्साहका साथ राम्राे कमाई गर्न माेरङ्गकाे जहदा गाउँपालिका वार्ड नं. ७ का मनाेज चाैधरी खरबुजा खेती गर्न कार्तिक महिना मै कन्काई बगरमा अाएका हुन् । उनीसंगै जहदा गाउँपालिबाबाट ३० जना युवाहरू पनि खरबुजा खेती गर्न अाएका छन् । हसिलाे अनुहारमा खेती गर्न आईपुगेका किसानहरू खरबुजा बेच्ने समयमा काेराेना भाईरसका कारण लकडाउन भएपछि एकाएक निराश भएका छन् । खजबुजा विक्री नहुने सम्भावना बढेपछि मेहेनत, परिश्रम र लगानी डुब्लाकी भन्ने त्रास बढेकाे चाैधरीले बताए । उनले भने – जग्गा प्रतिविघा १० हजार भाडामा लिएर खेती गरेका छाै । नाफा त परै जावाेस उल्टै १० लाख बढी घाटा हुने सम्भावना छ ।’ कन्काई बगरमा ती युवाहरूले रंगियाथान देखि हुलाकी सडक दक्षिणसम्म १ सय विघा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् ।
साेही आसपासकाे कन्काईकाे बगरमा प्रकाश राजवंशी,जगन्नाथ राजवंशी, मनाेज चाैधरी लगायत धेरै युवा किसानले खरबुजा र तरबुजा लगाएका छन्।

20200411_141006
भारतकाे बिहारबाट मेघना,माधुरी,अगस्ता र आस्ता जातका खरबुजाकाे बीउ खरिद गरेर पौष महिनामा बिरुवा राेपेकाे उनीहरुले बताए । एक केजि बिउकाे नेपाली मूल्य ४० हजार पर्ने र १ केजि बिउबाट ४५ हजार बिरुवा निस्कने उनीहरू बताउँछन् ।
पौष महिनाकाे जाडाेमा खाेलाकाे चिसाे हावा खाँदै खाेला धारमा बाँस बसेर गरेकाे दुख, उज्यालो भएदेखि बिरुवा राेप्ने र टिनमा बाेकेर पानी लगाएकाे, गाेडमेल गरेकाे तर बिक्री गर्ने समयमा बन्द हुँदा लाखौ रुपैया नाेक्सानी हुने भएपछि ऋणमा डुब्ने डर भएकाे छ ।

गर्मी महिनामा खान उपयुक्त हुने पानीकाे मात्रा बढी भएकाे स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट  ब्यापारीहरु आई खरिद गरेर लाने गरेका छन् । ब्यापारीहरूले खाेला बगरमै पुगेर ट्रकमा लाेड गरि मुलुक भित्रका विभिन्न सहरहरूमा खरबुजा विक्रीका लागि दमक, इटहरी, नारायणगढ, गाेलबजार,जनकपुर,काठमाडौंका साथै स्थानीय स्तरका व्यापारीहरुले खरिद गरेर लाने गरेका छन् । मलपानी राम्राे पुगेमा एउटा खरबुजा २० केजि सम्मकाे हुने र हाेलसेलमा प्रति गाेटा २० रुपैयाँ सम्ममा बिक्री हुने गरेकाे उनीहरू बताउँछन् ।

बिदेशमा राम्राे कमाई नभएपछि आफ्नो देशमा बसेर काम गर्ने किसानहरुलाई उत्साह प्रदान गर्न आवश्यक रहेकाे गौरीगंज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन्। सयाैं बिगा क्षेत्रमा लगाईएकाे खरबुजा विक्री नहुँदा किसानहरू मारमा परेकाे अध्यक्ष राजवंशीले बताए ।
स्थानीय स्तरमा मात्र खपत हुने नरहेकाले अन्य क्षेत्रमा निर्यात गर्न जरुरी रहेका मारमा परेका किसानलाई उकास्न हरपहल सहयाेग गर्ने वडाध्यक्ष राजवंशीले बताए।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ निवासी केशब प्रसाद भट्टाराईले युवाहरूले हाैसला प्रदान गर्न आवश्यक रहेकाे धारणा राखे । उनले भने – लकडाउनका कारण बन्द भएपनि विक्री भएकाे समय खरबुजालाई अन्य सहरमा लगि विक्री गर्ने बातावरण बनाउन आग्रह गरेका छन् ।

20200411_141027

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ३१ बजे