१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे वार्ड नं. ३ ले सुदामभिट्टाका २८ परिवारलाई बाड्याे राहत


२२ चैत्र २०७६, शनिबार  

0
Shares

20200404_154609
गाैरीगंज २२, / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले सुदामभिट्टाका गरिब तथा अति विपन्न घर परिवारका २८ जना लाई राहत सामग्री वितरण गरेकाे छ ।
वार्ड कार्यालयलाई यहाँ स्थित जीवन विकास संस्थामार्फत हस्तान्त्रित खाद्यान्न राहत सामग्री उत्त टाेलका जनमजदुर गरेर छाक टार्ने परिवारलाई शुक्वार वितरण गरिएकाे हाे ।
उनीहरूलाई वार्ड नं. ३ का अध्यक्ष मखना महताे, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराई,सशस्त्र प्रहरी वलका प्रहरी निरीक्षक साइमन श्रेष्ठ, जीवन विकास संस्था गाैरीगंजका सहायक म्यानेजर चन्द्र सिंहलगायतले राहत सामग्री वितरण गरेका थिए । दैनिक जनमजदुर गरेर परिवारकाे छाक टार्ने २८ परिवारलाई ९ केजी चामल, २ केजी आलु, १ केजी दाल, १ केजी नुन, १ लि तेल राहत सामग्री वितरण गरिएकाे वार्ड सदस्य भवेश दासले बताए । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित सुदमभिट्टा बस्तिमा अधिकांस पासवान समुदायका मानिसहरूकाे बसाेबास छ । उनीहरूमध्ये प्रायले दिनमजदुर गरेर नै परिवारकाे छाक टर्ने भएकाेले सरकारले लगाएकाे लकडाउनकाे कारण उनीहरू नराम्राेसंग प्रभावित भएका छन् । काेराेना भाईरसकाे महामारीलाई राेकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गते देखि देशभर लकडाउन लगाएकाे हाे ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : ०३ बजे