१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा एक व्यक्तिलाई क्वारेन्टाइनमा राखियाे


२१ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200403_194529
गाैरीगंज २१, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने एक व्यक्तिलाई काेराेना भाईरसकाे संक्रमण हुन सक्ने आशंकामा आज शुक्रबार वेलुका क्वारेन्टाइनमा राखिएकाे छ ।

भारतकाे अररियामा ७ दिन जति बसी हिजाे विहिवार घर फर्केका बद्री प्रसाद यादवलाई
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे हाे । उनी घर आएकाेबारे उनकै घर परिवारले प्रहरीलाई जानकारी गराएपछि प्रहरी तथा जनप्रतिनिधिसमेतकाे टाेलीले उद्वार गरि क्वारेन्टाइनमा राखिएकाे गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराएका छन् । उनकाे स्वास्थ्य अवस्था हाल सामान्य रहेपनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिने ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ०३ बजे