२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

नेकपा आवद्व शिक्षा विभागद्वारा अति विपन्नका लागि गाउँपालिकालाई राहत सहयाेग हस्तान्तरण


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

20200331_210052
गाैरीगंज १८, चैत / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्व जिल्ला शिक्षा विभागले गाैरीगंज गाउँपालिकालाई राहत सहयाेग हस्तान्तरण गरेकाे छ ।
आज मंगलबार गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई १ सय पाेका खानेतेल राहत सहयाेग हस्तान्तरण गरिएकाे हाे । नेकपा जिल्ला शिक्षा विभागका जिल्ला अध्यक्ष सिताराम अधिकारी, शिक्षक प्रकाश चन्द्रराजवंशी लगायतकाे टाेलीले गाैरीगंज भित्रका अति विपन्न परिवारलाई राहत सहयाेग गरिएकाे हाे । जिल्ला अध्यक्ष अधिकारीका अनुसार विभागले जिल्लाका सबै स्थानियतहमा राहत सहयाेग हस्तान्तरण गरिने छ । भाेली बुधबार गाैरादह नगरपालिकाका अचि विपन्न परिवारका लागि तेल नगरपालिकालाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : २७ बजे