१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा लगभग आधाआधी घर परिवार विपन्न


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

20200331_184427

गाैरीगंज १८, चैत / गाैरीगंज गाउँपालिकाका ६ वटै वडा कार्यालयहरूले विपन्न परिवारकाे तथ्यांक संकलन गरि राहत वितरण गर्न निर्णयार्थ आज मंगलबार सिफारिस गरेकाे छ ।
वडा कार्यालयहरूले टाेल टाेलमा गई गठित समित मार्फत र जनप्रतिनिधिहरू स्वयंले ६ वटै वडाका ३३ सय ५ विपन्न परिवारकाे तथ्यांक संकलन गरि निर्णयार्थ गाउँपालिकामा सिफारिस गरेकाे हाे । वडा कार्यालयहरूले सिफारिस गरेकाे तथ्यांक अनुसार गाउँपालिकाले खाद्यान्न वितरण गर्नुपर्ने हुन्छ ।
गाैरीगंज गाउँपालिकाले तयार पारेकाे प्राेफाइल अनुसार गाउँ पालिकाकाे घर परिवार संख्या ७१ सय ४५ छ । गाउँपालिकाले निकालेकाे घर परिवारकाे संख्यालाई मान्ने हाे भने कुल घर परिवार संख्याकाे लगभग ४६ दशमलब २६ प्रतिशत जनसंख्या विपन्न परिवार रहेकाे यसले देखाउँछ ।

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ ले ६ सय ६ जना, वार्ड नं. २ ले ६ सय ६६ जना, वार्ड नं. ३ ले ६ सय १४ जना, वार्ड नं. ४ ले ५ सय ८१ जना, वार्ड नं. ५ ले ३ सय ७७ जना र वार्ड नं. ६ ले ४ सय ६१ जना विपन्न परिवारकाे तथ्यांक खाद्यान्न राहतका लागि वडा वैठककाे निर्णयसहित प्रत्येक वडाहरूले गाउँपालिकामा सिफारिस गरेकाे छ ।
काेराेना भाईरसकाे फैलिदाे संक्रमणलाई राेक्न र राेकथाम गर्न लगाईएकाे लकडाउनमा विपन्न परिवार भाेकै नबसुन भनेर खाद्यान्न राहत वितरण गर्न सरकारकाे निर्देशन बमाेजिम स्थानिय तहले राहत वितरण गर्न लागिएकाे गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताए । विपन्न परिवारलाई भाेली बुधबारदेखि खाद्यान्न वितरण गर्ने गाउँपालिकाकाे याेजना रहेकाे बताईन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ०१ बजे