१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लाईन्स क्लब गाैरादहद्वारा विपन्न परिवारलाई राहत वितरण


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

20200331_130442
गाैरादह १८, चैत / लाइन्स क्लब अफ गौरादहले अाज गौरादह नगरपालिकाभित्रका अति बिपन्न २१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गरेकाे छ ।

लाईन्स क्लबले २५ केजी चामल , १ केजी दाल , १ लि तेल र १ केजी नुन वितरण गरेकाे हाे । गाैरादह नगरपालिकाकाे वार्ड नं. १, २ र ३ का अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएकाे उद्योग वाणिज्य संघ गाैरादहका पुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता जीवन राईले जानकारी गराएका छन् । विश्वभर काेराेना भाईरसकाे फैलिदाे संक्रमणबाट वच्न सरकारले लगाएकाे लकडाउनका कारण दैनिक ज्याला मजदुर गरेर जीवन यापन गर्ने परिवारहरू प्रभावित बनेका छन् । उनीहरू भाेकभाेकै बस्न नपराेस भनेर लाईन्स क्लबले पहिलाे चरणमा खाद्यान्न राहत वितरण गरेकाे हाे ।
वितरण कार्यमा वार्ड नं. १ का अध्यक्ष नरेन्द्र भण्डारी, वार्ड नं. २ का अध्यक्ष हेमन्त कार्की, वार्ड नं. ३ का अध्यक्ष गजेन्द्र घिमिरे, लायन्स तिलक खनाल , जीवन राई , भुपाल कट्वाल , गोपाल कोइराला , भिमबिजय बास्तोला , किसोर खड्का, पुरुषोत्तम थपलिया , दिलिप भण्डारीलगायतका लाइन्सहरु र जनप्रतिनिधिसहितबाट बितरण गरिएकाे छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : २३ बजे