८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा पनि व्यक्तिगत सुरक्षा उपकरणसहित एम्बुलेन्स सेवा तयारी अवस्थामा


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

20200326_101337
गाैरीगंज १३, चैत /  लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन गाैरीगंजमा पनि एम्बुलेन्स तयार अवस्थामा राखिएका छन् ।
स्वास्थ्य शाखा गाैरीगंजका प्रमुख रामचन्द्र मिश्रका अनुसार एम्बुलेन्सका चालकहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न पीपीई ड्रेस ( पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) सहितकाे व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएका हुन् । झापा उद्योग वाणिज्य संघ गाैरीगंजद्वारा सञ्चालित एम्बुलेन्स सेवा यस्ताे उपकरणसहित तयार अवस्थामा राखिएकाे हाे । त्यसैगरी अन्य विरामीका लागि भने लाल बहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्स २४ घण्टा तयारी अवस्थामा राखिएकाे छ ।
कोरोना सर्ने डरले एम्बुलेन्स चालकहरुले विरामी नबोक्ने हुन् कि भन्ने आशंका मेटिएकाे छ ।

यसैगरी दमक, विर्तामोड, धुलाबारी, कनकाई, बनियानी र भद्रपुर क्षेत्रका ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । चालकलाई एन–९५ मास्क समेत दिइएको छ ।
विदेशबाट आएर रुघाखोकी लागेको, होम क्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेको, अस्पतालको आइसोलेसनमा बसेको विरामीलाई समेत यी एम्बुलेन्सहरुले जुनसुकै बेला सेवा पुर्याउने भएका छन् ।

सेवा दिने एम्बुलेन्सहरुको नम्बर,चालकको नाम र फोन नम्बर यसप्रकार छ ।

गाैरीगंज गाउँपालिकाका लागि :
१. चालक राजु भुजेल ( काे१ च २७५३) फाेन नं 9806076380( काेराेना संक्रमितका लागि )
झापा उउद्योग वाणिज्य संघ गाैरीगंज

२. चालक गयानाथ वस्नेत फाेन नं.
9802676900 ( काेराेना संक्रमित बाहेक अन्य
विरामीका लागि ) लाल बहादुर स्मृति प्रतिष्ठान
गाैरीगंज

त्यसैगरी
(१) दमक ः हरि हिमा ढकाल स्मृति प्रतिष्ठान, मे१च ५६४१ (टंक ढकाल ९८५२६७५०७५)
(२) विर्तामोड ः पदमप्रसाद उप्रेती स्मृति प्रतिष्ठान, मे१च ८९९ (विकास खड्का ९८४२७१४९७७)
(३) मेचीनगर ः मेची उद्योग बाणिज्य संघ, मे१च ९२१ (कुमार खड्का ९८४२६३३८२७)
(४) कनकाई ः प्रधान डाग्नोस्टिक सेन्टर, मे१च १२९६ (गणेश विक ९८१७९९११३६)
(५) कचनकबल ः कचनकवल गाउँपालिका, प्रदेश१००१झ (हिरण्यप्रसाद ढुंगेल ९८२४०६८५५४)
(६) भद्रपुर ः मेची अञ्चल अस्पताल, (सम्पर्क ९८५२६७६०९०)

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ४ : ३१ बजे