८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

सिमामा राेक, वारि बजार सुनसान


८ चैत्र २०७६, शनिबार  

0
Shares

20200321_180528

गाैरीगंज ८, चैत / दक्षिणी क्षेत्रका नेपाल भारत सिमानाकामा निगरानी बढाउँदै बिशेष परिस्थितिबाहेक नेपाल प्रवेशमा राेक लगाएकाे छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल प्रबेश गर्ने ब्यक्तिहरुलाई गौरीगंज गाउँपालिका भित्रका सिमानाकामा विशेष परिस्थिति बाहेक राेक लगाइएको हाे । नेपाल सरकारकाे गृहमन्त्रालयकाे आदेश बमाेजिम सिमानाकामा राेक लगाईएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिए ।
बिमारी वा बिशेष परिस्थितिकाे काम बाहेक भारत प्रबेश गर्न दिइएको छैन। केही दिन अगाडि भारततर्फ पाउना गएका नेपाली ब्यक्तिहरुलाई नेपाल फर्कदा स्वास्थ्य जाँच गराएर मात्र प्रबेश गर्ने अनुमति दिइएको छ । भारतको बिहारसँग सिमाना जोडिएको झापाको गौरीगञ्ज गाउँपालिकाले भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकहरुकाे स्वास्थ्य परीक्षणमा बिशेष कडाई गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमण फैलन नदिन स्थानीय सरकारले सिमाक्षेत्रमा नाका नाकामा प्रहरी सहित स्वास्थ्यकर्मी खटाएकाे छ भने उनीहरूलाई स्वास्थ्य जाँचका लागि उपकरणसमेत दिईएकाे छ ।

बिहारसँग सिमाना जोडिएको गौरीगंज गाउँपालिका भित्रका मुख्य ४ नाकामा स्वास्थ्यकर्मी सहितकाे हेल्पडेक्स राखेर भारतबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रबेश गर्ने अनुमति दिइएकाे छ। गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे भारूचाैकमा राखिएकाे स्वास्थ्यकर्मी सहितकाे हेल्पडेक्सलाई गौरीगंज गाउँपालिका वडा नं -५ काे फत्तेपुर नाकामा सारिएकाे छ । गौरीगंज गाउँपालिका वार्ड नं. ४ काे कदमगाछी, वार्ड नं. १ काे कुञ्जिवारीकाे सशस्त्र बेश क्याम्पमा पनि हेल्पडेक्स राखि नेपाल प्रबेश गर्ने नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे छ। गौरीगंज गाउँपालिका भित्र राखिएका हेल्पडेक्समा स्वास्थ्यकर्मीहरुले थर्मल गनबाट प्रवेश गर्ने व्यक्तिहरूकाे अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए। काेराेना भाइरस परिक्षणका लागि थर्मल गन आवश्यक परेकाले ४ वटा थर्मल गन ल्याईएकाे स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी गराए ।

20200321_181213

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा शनिवार  साप्ताहिकरूपमा लाग्ने हाट 

साप्ताहिक हाट बन्द, सागसब्जीकाे मूल्य बढ्याे

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा लाग्ने साप्ताहिक हाट शनिवार सागसब्जी किनबेच बाहेक सुनसान नै रहयाे । विहारसंग जाेडिएकाे गाैरीगंजकाे सीमा नाकाहरूमा आवतजावतमा राेक लगाएपछि भारतीय व्यापारीहरू साप्ताहिकरूपमा लाग्ने खजुरगाछी हाट आउन पाएनन भने काेराेना संक्रमणकाेे त्रासले गाैरीगंज क्षेत्रकै स-साना व्यापारीहरू पनि आएनन । बजारमा सागसब्जीलगायत फलफुलकाे मुल्यमा बढाेत्तरी भएकाे छ । फुलकाेभीकाे मूल्य प्रतिकेजी ३० रूपैयाँमामा किनबेच भयाे जुनकी यसअघि फुलकाेबीकाे मूल्य प्रतिकेजी २० रूपैयाँ थियाे । त्यसैगरी भन्दाकाेबी मुल्यमा अन्यदिन भन्दा ५ रूपैयाँ बढी थियाे भने आलुकाे प्रतिकेजी ३० देखि ४० रूपैयाँ प्रतिकेजी थियाे । स्याउकाे मूल्य ३५० रूपैया प्रतिकेजी देखि ४ सय रूपैयाँ पुगेकाे छ भने अंगुरकाे मूल्य पनि बढेकाे छ ।
यसरी नाकाहरूमा राेक र काेराेना भाईरसकाे संक्रमणकाे त्रासकाे माैका छाेपेर व्यापारीहरूले दैनिक उपभाेग्य बस्तुहरूकाे कृतिम अभाव सिर्जना गरि महंगो मुल्यमा बेच्न सक्ने बढी सम्भावना हुन्छ । बेलैमा गाउँपालिकाले बजार अनुगमन गरे उपभोक्ताहरूले मारमा पर्ने थिएनन कि ?

क्वारेन्टाइनका लागि खजुरगाछी स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे  नवनिर्मित भवनमा  तयारी गरिदै 

भारतबाट नेपाल प्रवेश गर्ने  नागरिकलाई  र नेपाल भित्रै रहेका  नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्ने अवस्था परे  त्यसकाे व्यवस्थापन गाैरीगंज गाउँपालिका वार्ड ६ स्थित खजुरगाछीमा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाेे नवनिर्मित भवनमा  गर्ने भएकाे छ ।

 उत्त भवनमा  क्वारेन्टाइनका लागि कम्तीमा १४ दिन   २० जना सम्म राख्न सक्ने  गाैरीगंज गाउँपालिकाका स्वास्थ्य शाखा  प्रमुख  रामचन्द्र मिश्रले जानकारी गराए ।  प्राथमिक स्वास्थ्य केन्द्रकाे  नवनिर्मित भवनकाे काेठा र ट्वाईलेट बाथरूमलाई आज सरसफाई गरिएकाे छ भने बेड, म्याटलगायत अन्य सामानहरूकाे व्यवस्थापन गरिरहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ केन्द्रका निमित प्रमुख अनुप शर्माले बताए । उत्त  नवनिर्मित भवन २५ शस्यासहित  अस्पताल  निर्माणका लागि स्थापना गरिएकाे छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १२ : २९ बजे