४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बेमौसमी पानीले कतै राहत, कतै आहात


२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

received_512051196175426
काेचिला संवाददाता
गौरादह २५, फागुन / महिनाकाे अन्त्यतिर अबिरल रुपमा पानी पर्दा किसानहरुलाई राहत भएपनि ईटा उद्योगमा भने ठूलो नाेक्सानी भएकाे छ। किसानहरूले यस समयमा भदै धान लगाउने समय भएकाले पानी पर्दा किसानहरुलाई भने फाईदा भएकाे छ। धान राेप्न खेत तयार गरेका किसानलाई फाइदा भएपनि ताेरी पाकेर उठाउने समय भएका किसानहरुलाई समस्या भएकाे छ। खेतमा ताेरी पाकेर उठाउने समयमा पानी पर्दा भिजेर ताेरी खेतमै नस्ट भएकाे छ। भदै धान लगाउन तयार भएका किसानहरुलाई आकाशबाट पानी पर्दा कम समय माेटरबाट पानी पटाउनु पर्दा फाईदा भएकाे छ।झापा जिल्लाकाे दक्षिणी क्षेत्रमा केही बर्ष अगाडिदेखि किसानहरूले व्यवसायिक रुपमा भदै धान लगाउने गरेका छन्।भदै धान लगाउनका लागि नहर तथा अन्य सिंचाइकाे ब्यबस्था नहुँदा जमिनमुनीबाट पम्पसिट वा माेटरकाे सहायताले तानिएको पानीकाे भरमा किसानहरूले धान राेप्दै आएका छन।यश समयमा पटक पटक अबिरल रुपमा पानी पर्दा किसानहरुलाई केही हदसम्म भएपनि राहात भएकाे छ।समग्रमा किसानहरुलाई फाईदा भएपनि दक्षिणी क्षेत्रमा संचालन भएका ईटा उद्योगीहरुले भने ठूलाे नाेक्सानी बिहाेर्नु परेकाे छ। कांचाे माटाेबाट ईटाकाे आकार बनाई घाममा सुकाएकाे समयमा एक्कासी पानी पर्दा बनाएकाे ईटा बिग्रीएकाे छ। पटकपटक अबिरल वर्षा हुदा दक्षिणी क्षेत्रका ८ वटा ईटा उद्योगमा कराेडौ रुपैयाकाे क्षति भएकाे छ। बेमौसमी पानीका कारण कमल गाउँपालिका र गौरादह नगरपालिका भित्रका ईटा उद्योगहरु धरासाही बनेका छन् । बेमौसमी पानीका कारण कतै राहत भएकाे छ भने कतै आहत भएकाे छ। गौरादह नगरपालिका भित्र तेज ईटा,पि.बि.सी. ईटा ,टि.एम.टि. ईटा र गाैरीगंजकाे फाईन ईटा उद्योग तथा कमल गाउँपालिका भित्र बाबा,झापाली,मेची र एवान ईटा उद्योग रहेका छन्। गौरादह नगरपालिका वडा नं -९ काे तेज ईटा उद्योग वडा नं -८ काे पि.बि.सि.ईटा उद्योगमा सबैभन्दा बढी क्षति भएकाे छ। शिव शक्ति ईटा उद्योगद्वारा उत्पादित तेज ईटा उद्योगमा बनाएर सुकाउन राखेका करिब ९ लाख ईटा बिग्रिदा करिब ३० लाख बराबरकाे क्षति भएकाे उद्योगका प्राेप्राइटर सिताराम भट्टराई बताउछन्। त्यसैगरी पन्चेस्वर ईटा उद्योग प्रा.लि.द्वारा उत्पादित पि.बि.सि.ईटा उद्योगमा पनि ३० लाख बराबरकाे क्षति भएकाे छ।बाबा,झापाली,मेची, एवान,टि.एम.टि. र फाईन ईटा उद्योगमा भने करिब ७/७ लाख बराबरकाे क्षति भएकाे झापाली ईटा उद्योगका प्राेप्रईटर भगवान बस्नेतले जानकारी गराए।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : ४८ बजे