४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नारी दिवसमा जेष्ठ महिलालाई सम्मान


२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

20200308_185258

गाैरीगंज २५, फागुन / झापकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसर पारेर यस क्षेत्रका ६ जना जेष्ठ महिलाहरूलाई सम्मान गरिएकाे छ ।
गाैरीगंजकाे महिला समितिले आज आयाेजना गरेकाे कार्यक्रममा जेष्ठ महिलाहरू सकुन्ती महताे, गंगा सुन्दास, जानुका विष्ट, गालाेदेवी राजवंशी, गालाे खातुन र जलेश्वरी यादवलाई खाँदा ओढाएर सम्मान गरिएकाे हाे ।
त्यसअवसरमा महिलाहरूबीचमा हाजिरजवाफ प्रतियाेगितासमेत आयाेजना गरिएकाे थियाे । विजेता समुहलाई पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममा नेपाली लाेक गीतमा नृत्य गरिएकाे थियाे भने गीत समेत गाएका थिए । साेही अवसरमा कविता वाचन तथा अभिनय गरिएकाे थियाे ।

कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वार्ड सदस्य उदिम कुमार राई, महिला सशक्तिकरण गाैरीगंजकि अध्यक्ष फुलबती राजवंशी, निर्मला दहाल, निशा काेईरालालगायतले बाेलेका थिए । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कि वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे औचित्यका बारेमा लक्ष्मी लुईटेलले बाेलेकी थिईन भने सञ्चालन मञ्जु ढकालले गरेकी थिईन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : १२ बजे