६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रधानमन्त्री केपी ओलीकाे सिघ्र स्वास्थ्यलाभको कामना गर्दै गौरादहमा दीप प्रज्वलन


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

20200305_045024
गौरादह, २२ फागुन / सुखानीका सहिदहरुको स्मृतिमा तथा प्रधानमन्त्रीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै झापाको गौरादहमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नगर कमिटि गौरादहको आयोजनामा बुधबार साँझ डिपु चोकमा दीप प्रज्वलन गरिएको हो ।

सुखानी सहिद स्मृति दिवसको ऐतिहाँसिक दिनमा प्रधानमन्त्री केपी ओलीको मिर्गाैला पुनः सफल प्रत्यारोपण भएको छ । फागुन २१ आजको ऐतिहाँसिक दिन र प्रधानमन्त्रीको आज नै मिर्गौला पुनःप्रत्यारोपण संयोग मात्र भएतापनि यसले कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा थप उर्जा मिलेको कार्यक्रममा सहभागि कम्युनिष्ट कार्यकर्ताहरुले बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनको गर्विलो जग “झापा बिद्रोह” का पाँच जना होनाहार क्रान्तिकारी योद्धाहरुको २०२९ साल फागुन २१ गते आजकै दिन झापाबाट ईलाम जेल सार्ने भनी कम्युनिस्ट नेताहरू रामनाथ दाहाल, वीरेन राजवंशी, कृष्ण कु्ँईँकेल, नारायण श्रेष्ठ, नेत्र घिमिरेलाई तत्कालिन पञ्चायती शासनले ‘नक्सलाईट’ भनी सुखानी खोलाको किनारस्थित जंगलभित्र हत्या गरेको थियो ।

सोही बिद्रोहका योद्धा (खड्ग प्रसाद) केपी ओली देशको प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमनत्रीको मिर्गौला प्रत्यारोपण सफल भएको र सो मिर्गौलाले काम गर्न थालिसकेको समेत बताइएको छ । दीप प्रज्वलन कार्यक्रमलाई संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीपाटी(नेकपा) झापा क्षेत्र नं. ५ का इन्चार्ज दीपक कार्कीले संबोधन गरेका थिए । कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समृद्धि संग्रैलाको समेत स्वास्थ्यलाभको कामना गरिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ०६ बजे