४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मन्त्रीलाई खुवाईने सपथकाे झल्काे दिने गरि तालिममा सहजकर्तालाई खुवाईयाे सपथ


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

20200304_190850

गाैरीगंज २१, फागुन / प्रधानमन्त्री वा मन्त्रीलाई खुवाईने सपथकाे झल्काे दिने गरी कुनै सामाजिक सहजकर्तालाई सपथ खुवाईयाे भने त्याे अब अचम्म नमान्नुहाेला । गाैरीगंज गाउँपालिकाकाे न्यायिक समितिले सञ्चालन गरेकाे सात दिने सामुदायिक मेलमिलाप आधारभुत तालिममा सहभागी ४८ जना सहजकर्तालाई त्यसरी नै सपथ खुवाईएकाे हाे ।
मेलमिलापकर्ताले तालिम पश्चात् पालना गर्नु पर्ने १२ बुँदे आचार संहितालाई न्यायिक समितिका संयाेजक तथा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले आचार संहिता पढेर उनीहरूलाई सपथ खुवाएका थिए ।

म मेलमिलापकर्ताकाे निस्पक्ष र तटस्थ भुमिकामा रहदै मेलमिलापकर्ताकाे कर्तव्यबाट कुनै किसिमले विचलित हुने छैन । मैले यस आचार संहितामा उल्लेखित शब्द र भावनालाई उच्च नैतिक आदर्शकाे पालना गर्न कटिबद्ध हुनेछु र आचारसंहिता उल्लंघनकाे विषयमा म व्यक्तिगत रूपमा जवाफदेहि हुनेछु भन्दै सहभागी मेलमिलाप सहजकर्ताहरूले  १२ बुँदे आचार संहिता सपथ खाएका थिए ।
20200304_193636

गौरीगंज गाउँपालिकाकाे कार्यलयमा गाउँ समाजमा हुने विवादलाई समुदायमै सहजरूपमा मिलाउन सात दिने सामुदायिक मेलमिलाप आधारभुत तालिम सञ्चालन गरिएकाे थियाे । उत्त तालिम समापन पछि सहजकर्ताहरूलाई सपथ खुवाईएकाे हाे ।
गाैरीगंज गाउँपालिकाकाे न्यायिक समितिले फागुन १५ गते देखि २१ गतेसम्म संचालन गरिएकाे थियाे । गौरीगंज गाउँपालिकाकाे सभाहलमा संचालन गरिएकाे सामुदायिक मेलमिलाप आधारभुत प्रशिक्षण तालिममा स्थानिय स्तरमा परेका उजुरीहरूला मेलमिलापकाे आधारम गरिने न्याय सम्पादनमा सहजता ल्याउन गाैरीगं गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयाेजक दिपिन्द्र थापाले बताए ।
नेपाल वार एशाेसिएसन झापाका पुर्व अध्यक्ष तथा अधिवक्ता अमृत बुढाथाेकी र अधिवक्ता देवी निराैलाले न्याय सम्पादनमा आईपर्ने समस्याकाे पहिचान र समाधानका उपायका बारेमा सहजिकरण गरेका थिए । सहजिकरणका क्रममा विवादकाे पहिचान र त्यसकाे मेलमिलाप , मेलमिलाप कर्ताले मेलमेलाप गराउदा अपनाइने विधि, सहजिकरण गर्ने सीप, मेलमिलापका चरणहरु र विद्यमान स्थानिय निकायमा पारित भएकाे न्याय तथा मेलमिलाप कार्यविधिलगायतका बिषयहरुमा प्रशिक्षण दिईएकाे थियाे । त्यसैगरि सहजकर्ताहरूले कानुन सम्बन्धि ज्ञान, फाैजदारी तथा देवानी मुद्दा सम्बन्धि ज्ञान, समाजमा रहेका विवादलाई मिलाएर राख्न सक्ने क्षमताकाे विकास, मुद्दा मिलाउन सकिने र नसकिने ज्ञान, मेलमिलापकर्ताकाे गुण, मेलमिलाप कर्ताकाे रूपमा अाफुलाई मानसिकरूपमा तयार पार्ने, सामाजिक न्याय, लैङ्गिकता र मानवअधिकारकाे अवधारणा, मेलमिलाप सम्बन्धि अन्तर्राष्ट्रिय अभ्यासहरूलगायतका विषयमा प्रशिक्षण दिईएकाे थियाे । प्रशिक्षणमा सहभागी भाेला खतिवडाले प्रशिक्षणका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने मुल्यांकन कैलास मास्केले गरेकाे कार्यक्रममा सहभागीहरूलाई न्यायिक समितिका संयाेजक दिपिन्द्र थापाले मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचार – संहिताकाे सपथ खुवाएका थिए । कार्यक्रममा सहभागीका तर्फबाट नाैताली राजवंशी र पर्शुराम काफ्लेले बाेलेका थिए भने सहभागीलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे । प्रशिक्षण कार्यक्रमकाे उद्वघाटन गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेकाे कार्यक्रमकाे स्वागत न्यायिक समितिका सदस्य हेमा आचार्यले गरेकी थिईन ।
तालिमकाे समापन कार्यक्रममा न्यायिक समितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा भएकाे
कार्यक्रमकाे सञ्चालन न्यायिक समितिका सदस्य राजेन्द्र ताजपुरियाले गरेका थिए । गाैरीगंज गाउँपालिकाकाे १ देखि ६ सम्ममा प्रत्येक वडामा ५ / ५ जना सहजकर्ताहरू रहेका छन् ।
20200304_190839

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ५८ बजे