७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

दादुरा –रुवेला रोग विरुद्व खोप अभियान शुरु


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares

 

1

गौरीगंज २०, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा राष्ट्रिय दादुरा रुवेला खोप अभियान सम्बन्धी वडा स्तरीय गोष्ठी आज सम्पन्न भएको छ । गौरीगज गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा खोप सम्बन्धी परिचय, भण्डारण गर्ने तरीका, खोप दिने तरीका, दादुरा रोग परिचय, रोगको जटिलताहरु र लक्षण तथा चिन्हहरुका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीका प्रमुख अनुप शर्माले ९ महिना देखि २४ महिना मुनिका बालबालिकालाई दाँया तिघ्राको बिच बाहिरी भागमा, २४ महिना माथिका बालबालिकालाई बाँया पाखुराको माथिल्लो भागमा र खोप बाँया पाखुराको माथिल्लो भागमा दिनु पर्ने बताएका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. ५ मा फागुन २१ गते देखि २३ गते सम्म र वार्ड नंं. ६ मा फागुन २३ देखि २९ गते सम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने उनले बताएका थिए । कार्यक्रममा यो रोग लाग्दा हाड जोर्नीहरु सुनिने वा दुख्ने, रक्तश्राव हुने, मस्तिष्कमा कडा खालको सुजन हुने, गर्भावस्थामा संक्रमण भए गर्भ पर्तन हुने वा मृत शिशु जन्मिनेलगायतका जटिलताहरु उत्पन्न भई मृत्यु हुन सक्ने कार्यक्रममा बताइएको थियो । यो रोग लागेमा दादुरा जस्तै रुवेला पनि उपचार नभएको हँुदा तोकिएको उमेरमा नै रुवेला विरुद्धको खोप दिनु नै रुवेला रोगबाट बच्ने एक मात्र उपाय हो । कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्यहरु उदिम कुमार राई, मुकेश कुमार शाह, रम कुमारी बिक, वडा सचिव सुगम रेग्मी लगायतको सहभागीता थियो । गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

खोप लगाउने तालिका    

2

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ०४ बजे