४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिकाका ईन्जिनियर सविन केसीले दिए पदबाट राजिनामा


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

20200225_194542
गाैरीगंज १३, फागुन / गाैरीगंज गाउँपालिकाका ईन्जिनियर सविन केसीले ईन्जिनियर पदबाट राजिनामा दिएका छन् ।
उच्च शिक्षा अध्ययन गर्नु पर्ने कारण देखाउदै उनले राजिनामा पत्र हिजाे गाउँपालिकाका अधिकृत विरेन्द्र खड्कालाई बुझाएका हुन् ।
तर उनकाे राजिनामा पत्र भने दर्ता नभएकाे बुझिएकाे छ । पत्रमा के कारणले राजिनामा दिएकाे हाे भन्ने स्पष्ट नभएकाे र आफ्नाे राजीखुशीले दिएकाे हाे वा हाेईन तथा पछि उजुरबाजुर नगर्ने भनी पत्रमा उल्लेख नभएकाेले दर्ता नभएकाे अधिकृत खड्काले बताए । गाैरीगंज गाउँपालिका प्रशासकिय अधिकृत प्रविण दाहालले ईन्जिनियर सविन केसीले राजीनामा पत्रमा पछि उजुरी नगर्ने र अाफुखुशी दिएकाे उल्लेख नभएकाेले पत्र बुझ्ने काम मात्र भएकाे बताए । के कारणले राजिनामा दिएकाे हाे भन्ने विषयमा उनलाई सम्पर्क गरेर बुझ्न खाेज्दा सम्पर्क हुन नसकेकाे प्रशासकिय अधिकृत दाहालले जानकारी गराए ।
गाैरीगंज गाउँपालिकाकाे पाचौं गाउँसभामा अधिकांस जनप्रतिनिधिहरूले ईन्जिनियर सविन केसीकाे कार्य संताेषजनक नभएकाे र उनलाई बर्खास्त गर्नु पर्ने माग उठेपछि ईन्जिनियर केसीले हिजाे राजिनामा दिएकाे हुनसक्ने अनुमान गरिएकाे छ । ईन्जिनियर केसीकाे २०७४ फागुन महिनामा करारमा नियुक्ति भएकाे थियाे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  २ : ०३ बजे