१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार मञ्च दमककाे साधारणसभा फागुन ३० गते


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

20200222_181537

गाैरीगंज १० , फागुन / पत्रकार मञ्च दमकको दशौँ साधरणसभा आगामी फागुन ३० गते हुने भएको छ ।

पत्रकार मञ्च दमकको यहि फागुन ३ गते बसेको कार्यसमितीको बैठकले साधारणसभा सहित ४ वटा निर्णय गरेको हो । माई पश्चिम झापाका पत्रकारहरुको छाता सङ्गठन साधरणसभा दमक नगरपालिका वार्ड नं. ८ स्थित कार्यालयमा बिहान ११ बजेबाट शुरु हुने आज जारी प्रेस विज्ञप्तिमा जनाईएकाे छ । यस्तै सो बैठकले सदस्यहरुको दुई बर्षको सदस्यता नबिकरण गर्ने र साधरणसभाको तयारी गर्ने निर्णय गरेको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदाल र सचिव देशराज नेेेेेेेम्वाङद्वार हस्ताक्षरित विज्ञप्तिमा साधारणसभा सम्पन्न गर्न आ – आफ्नो ठाउँबाट सहयोग गर्न विभिन्न संघ संस्था तथा शुभेच्छुक, शुभ चिन्तकहरुमा आग्रह गरेको छ । यसअघि पत्रकार मञ्चको संस्थागत बिकास र पत्रकारहरुको हितका लागी अक्षयकोष स्थापना गरिएको थियो ।

अक्षयकोष ५ लाख रूपैयाँको हुने जनाईएकाे छ भने कोषको रकमको ब्याजबाट पत्रकारको हितमा र संस्थागत बिकासमा प्रयोग गरिने पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १२ : ४१ बजे