१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहकि एक बेसहारा महिलालाई घर


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200221_170133

काेचिला संवाददाता

गौरादह ९, फागुन / गौरादह नगरपालिका वडा नं -१ कि घरवारविहीन भएकी एक महिलालाई वडा कार्यालयले घर बनाइदिने भएकाे छ। वडा नं -१ कि घर नभएकि  संध्या राजवंशीलाई घर निर्माण गरिदिने भएकाे हाे । एक कार्यक्रमका बिच वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भन्डारीले उत्त घरकाे शिलान्यास गरेका छन् । करिब १० महिना अगाडि उनकाे श्रीमानकाे मृत्युु भएकाे थियाे। दु:ख गरेर कमाउने श्रीमानकाे निधन भएपछि घर चलाउन समस्या भएकाे थियाे। श्रीमानकाे उपचारकाे क्रममा भएकाे सम्पत्ति पनि सकिएकाे थियाे।वडा कार्यलयले घर निर्माणका लागि १ लाख ५० हजार उपलब्ध गराउने वडाध्यक्ष भन्डारीले बताए। वठा अध्यक्ष भन्डारीका अनुसार ३ काेठाकाे पक्की घर टिन छानाे लगाएर बनाईने जानकारी गराए। घर निर्माणकाे लागि अपुग रकम दाता महानुभावहरुबाट सहयाेग मागिने पनि जानकारी गराए। श्रीमानकाे मृत्युुपछि लेवर काम गर्दै आएकि संध्यालाई उनकी छाेरीले गौरादह -१ काे चैतुचौकमा १० धुर जग्गा दान दिएकी थिइन् । घर नहुदाँ डेरामा बसेर ज्यालादारी गर्दै हिडेकी संध्यालाई वडा कार्यालयले घर निर्माण गरिदिने भएपछि उनले खुसी ब्यक्त गरिन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : १९ बजे