१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शाैचालय भए पनि खुल्ला मैदानमा दिसा गर्ने गाैरीगंजकाे एउटै वार्डमा २ सय ५० भन्दा बढी घरधुरी


२३ माघ २०७६, बिहिबार  

0
Shares

20200206_185946
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंजमा गाेबरकाे गाेइठा दाउराकाेे रूपमा राखिएकाे एक शाैचालय
फाेटाे : आत्माराम राजवंशी

आत्माराम राजवंशी
गाैरीगंज २३, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले खुल्ला मैदानमा दिसा गर्ने घरधुरीकाे नाम कार्यालयमा टाँस गरि सार्वजनिक गरेकाे छ ।
कार्यालयले चर्पी भए पनि चर्पीमा घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा शाैच गर्ने घरधुरीकाे नामावली कार्यालयमा टाँस गरेकाे हाे ।
कार्यालयले आफ्नाे वडाका वडावासीहरूलाई खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा गर्ने बेलामा चर्पी नभएका घरधुरीकाे यकिन गरि चर्पी बनाउने सामाग्रीहरू विपन्न तथा दलित धरधुरीलाई निःशुल्कमा वितरण गरेकाे थियाे । तर, चर्पी निर्माण गर्न वितरण गरिएका सामाग्रीहरू रिङ्ग, पाइप र पेना वार्ड कार्यालयबाट विपन्न तथा दलित घरधुरीले निःशुल्कमा लगेपनि उनीहरूले उपयाेग नगरी चर्पी कतिपयले बनाएका छैन्न भने कतिपयले चर्पी बनाए पनि खुल्ला मैदानमा शाैच गर्दै अाएका हुन् । वार्ड कार्यालयले चर्पी नभएका , चर्पी भए पनि घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा शाैच गर्ने करिब २ सय ५० घरधुरीकाे नामावली कार्यालयकाे भित्तामा टाँस गरेकाे छ । सरकारी तथ्यांक अनुसार वार्ड नं. ४ मा १०५० घरधुरी छन् । यस वार्डमा राजवंशी, ताजपुरिया,गिरी, महताे, सतार, गन्गाई, माली, मुसहर समुदायका मानिसहरूकाे बसाेबास छ । गाैरीगंज गाउँपालिकालाई खुल्ला दिसा मुक्त गाउँपालिका घाेषणा गरिसकेकाे छ । त्यसका लागि लाखाै रूपैयाँ गाउँपालिकाले खर्चेकाे थियाे । तर अहिले पनि गाैरीगंजका अधिकांस ग्रामीण क्षेत्रका व्यक्तिहरूले खुल्ला मैदानमा शाैच गर्नुले घाेषणा केवल घाेषणामा मात्र सिमित भएकाे याे तथ्यांकले देखाउछ ।
20200206_190047
वार्ड नं. ४ का वडा अध्यक्ष कुल प्रसाद गिरीका अनुसार चर्पी नभएका विपन्न तथा दलित घरधुरीलाई नि:शुल्कमा र अार्थिक सम्पन्न भएका घर धुरीलाई आर्थिक हैसियत बुझेर ५ सय देखी १ हजार रूपैयाँमा रिङ्ग, पेना र पाइप वितरण गरेकाे वार्ड अध्यक्ष गिरीले बताए । खुल्ला मैदानमा दिसा गर्ने घरधुरीकाे नामावली टाँस गरेका छाैं । ‘यसले केही सुधार ल्याउछ कि भनेर वैज्ञानिक विधि अपनाएकाे हाे ।’ वडा अध्यक्ष गिरीले भने – ‘ जुन घरधुरीका मानिसले चर्पी बनाएकाे र चर्पी भित्र शाैच गरेकाे भनेर प्रमाणित भएपछि नामावलीबाट उनीहरूकाे नाम काट्ने गरेका छाैं ।’

20200206_202417
सबै घरधुरीमा शाैचालय निर्माणका लागि कार्यालयले ६ लाख रूपैया बजेट खर्च गरेकाे थियाे । तर नि: शुल्कमा शाैचालयका लागि रिङ्ग, पेना र पाइप वितरण गरे पनि उपयाेगमा नआएकाे वडा अध्यक्ष गिरीले दुखेसाे व्यक्त गरेका छन् । चर्पी निर्माण भए पनि घेरा बेरा नभएका, चर्पीमा दाउराका लागि गाेइठा , सुन्ठी, पराल राख्ने गरिएकाे पाईएकाे छ । विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडले गरेकाे एक सर्वेक्षण अनुसार गाैरीगंज गाउँपालिकामा १४ सय घरधुरीले बच्चाकाे दिसा बाहिर फ्याक्ने गर्छन् । त्यसैगरी प्रयाेगमा नभएका चर्पी १ सय ७९ घरधुरी, एकल चर्पी हुन बाकी घरधुरी ११ सय २९ घरधुरी, हात धुने ठाउँ नभएकाे घरधुरी ३ हजार ३०, हात धुने सामाग्री नभएका घरधुरी ३ हजार ८ सय ४० घरधुरी, र स्यानटरी प्याड बाहिर फ्याँक्ने घरधुरी ४ हजार ९ सय ६१ छन् । विश्व स्वास्थ्य संगठनकाे विगतकाे रिपाेर्ट अनुसार नेपालमा घरकाे भान्छाकाे धुवाँबाट सिर्जित राेगहरूबाट बर्सेनि १७ हजार मानिसकाे मृत्यु हुने गरेकाे तथ्यांक छ ।

पुर्ण सरसफाईका लागि कार्यदल गठन

खानेपानी सरसफाई तथा स्वच्छता याेजना निर्माणका लागि याेजना कार्यशाला गाेष्ठी आज गाैरीगंजमा सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएकाे पालिकास्तरिय कार्यक्रमकाे सहजिकरण विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडले गरेकाे थियाे । अध्ययन केन्द्रका विनाेद शर्माले गाैरीगंजमा खानेपानी सरसफाई तथा स्वच्छता याेजनाका लागि अपनाउनु पर्ने रणनीति, याेजना र कार्यान्वयका विषयमा बाेलेका थिए । उनले गाैरीगंजलाई खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा गरेपनि सरसफाई तथा स्वच्छताकाे त्याे पहिलाे चरण मात्र पार गरेकाे बताए ।
कुनै पनि फाेहाेर मानिसकाे शरिरिकमा प्रवेश नहाेस् र त्यसलाई सहि तरिकाबाट व्यवस्थापन गर्न आवश्यक रहेकाे बताएका थिए ।
20200206_190013
घरकाे भान्छाकाे धुवाँबाट सिर्जित राेगहरूबाट विश्व स्वास्थ्य संगठनकाे विगतकाे रिपाेर्ट अनुसार नेपालमा बर्सेनि १७ हजार मानिसकाे मृत्यु हुने गरेकाे सहजकर्ता शर्माले बताए । चर्पीसंगै साबुन पानीले हात धुने , पानीकाे शुद्विकरण , पानीकाे धारा सफा, सुरक्षित खाना र पानी, भाँडा धाेएपछि सुकाउने व्यवस्थित र सुरक्षित चाङकाे विषयमा उनले बताएका थिए । कार्यक्रममा वयस्ककाे दिसा भन्दा बच्चाकाे दिशा बढी हानीकारक हुने र बच्चाकाे दिसामा व्याक्टेरिया बढी हुने भएकाेले बच्चाकाे दिसाकाे उचित व्यवस्थापन गर्न जरूरी रहेकाे बताईएकाे थियाे । पानीलाई शुद्विकरण गरि पिउने मानिस ३ प्रतिशत मात्र भएकाे जानकारी दिदै सहजकर्ता शर्माले

हातलाई चर्पी जादाँ, खाना खानु अघि र पछि, फाेहाेर बस्तु फालिसके पछि साबुन पानीले हातलाई राम्री धुनुपर्ने बताएका थिए । कार्यक्रममा घरायसी सरसफाई, वातावरणीय सरसफाई, फाेहाेर सरसफाई, संस्थागत सरसफाईलाई विशेष ध्यान पुर्याउनु पर्ने बताउदै सहजकर्ता शर्माले करेसाबारी, बगैचा, घर बगैचाकाे सुरक्षा र साैन्दर्यकरण गरि चिटिक्क घर वस्ती निर्माण गर्न सानाे प्रयासले सफलता मिल्ने बताएका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेकाे कार्यक्रममा वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताे, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, ५ का अध्यक्ष विजय सिंह, ६ का अध्यक्ष बद्री नारयाण यादव, कार्यपालिका सदस्यहरू राधा अधिकारी, लिला गन्गाइ, वडा सदस्यहरू, विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधिहरू सुरक्षा निकायका प्रमुखहरू, पार्टी प्रतिनिधिहरू, स्वास्थ्य शाखाका प्रमुखहरू, गाउँपालिकाका शाखा प्रमुखहरू, कर्मचारीहरू, विभिन्न विद्यालयका प्रअहरूलगायतकाे सहभागिता थियाे । यसप्रकारकाे पुर्ण सरसफाई अभियान झापाकाे गाैरीगंजमा पहिलाे पटक गर्न लागिएकाे बताईएकाे छ ।

20200206_190111

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  १ : २५ बजे