१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘कांग्रेस, नेकपा र मधेशी दल खिया लागेकाे पार्टी हाे ‘ – डा. राउत


२१ माघ २०७६, मंगलबार  

0
Shares

20200204_190828

काेचिला संवाददाता

गाैरीगंज २१, माघ / जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके साउतले कांग्रेस, नेकपा र मधेशीदलहरू ‘खिया’ लागिसकेकाे पार्टी भएकाे बताएका छन् ।
पार्टीको जिल्ला कार्य समितिले गाैरीगंजमा आज आयाेजना गरेकाे विशाल आमसभालाई सम्बाेधन गर्दै राष्ट्रिय अध्यक्ष डा. राउतले पुरानाे ‘खिया’ लागिसकेकाे गाडी जसरी चल्न सक्दैनन् त्यसरी नै यी ठुला दलहरू चल्न नसक्ने आराेप लगाएका थिए ।
कांग्रेस, नेकपा र मधेशी दलहरूका नेताहरू भ्रष्टाचारकाे भुमरीमा फसेकाे, मधेशी जनताकाे पक्षमा काम नगरेकाे र मधेशकाे भुमिपुत्र भनेर चिनिने अादिवासी मधेशीलाई नै सुकुम्बासी बनाएकाे आराेप लगाएका थिए । झापाका विरेन राजवंशी, तुर्सा हेमरम र चतुरमान सिंह राजवंशी, डिकेन्द्र राजवंशीहरूले मधेशी आदिवासी जनताकाे मुक्तिकाे लागि पार्टीमा लागेका याेद्वाहरूलाई यिनै ठुला पार्टीका नेताहरूकाे याेजना अनुरूप मारिएकाे बताएका थिए । आदिवासी मधेशी भुमिपुत्रहरूलाई शाेषण, दमन गरि उनीहरूमाथि नै शासन गरेकाे आराेप लगाउदै अध्यक्ष राउतले झापामा भुमिसुधार लागू गरि उनीहरूकाे जमिन खाेसेकाे बताएका थिए ।

20200204_190749
मेधेशी समुदायहरूले मधेशकाे भुमी संरक्षण गरेता पनि मधेशीहरू नै विस्थापित हुने अवस्थामा पुगेकाे बताउदै ठुला पार्टीहरूले मधेशीहरूलाई विभिन्न प्रलाेभनमा पारेर झुक्काएकाे आराेप लगाएका थिए । मधेशकाे भुमिपुत्र भनेर चिनिएका मधेशी समुदायहरूलाई कुनै अधिकार नदिई नेपाललाई ७ वटा प्रदेशमा टुक्राइ मधेशी जनतालाई अल्पमतमा पारेर उनीहरूलाई पाखा लगाएकाे धारणा राखे । मधेशकाे भुभाग पहाडसंग जाेडेर प्रदेशकाे सिमाना छुट्टाएकाे भन्दै डा राउतले भने – ‘मधेशीलाई सुनियोजित ढंगबाट अल्पमतमा पारिएकाे हाे ।’ पार्टीका अध्यक्ष डा. राउतले मधेश केन्द्रीत दलहरूले पनि मधेशी जनताकाे हक हितकाे कुरा उठाउदै ठुला दलहरूसंग मिलेर मधेशी समुदायकाे हक अधिकार कुण्ठित पारेर आफ्नाे दुहुनाे साेझ्याउन लागेकाे आराेप लगाए । पृथकतावादी आन्दाेलन त्यागेर जनमत पार्टी स्थापना गरी खुल्ला राजनीतिमा हाेमिएका डा. राउतले भने – ‘ केही समय अघि ३ प्रतिशत मात्र जनसंख्या भएकाे पहाडी समुदाय आज झापामा ७० प्रतिशत जनसंख्या पहाडी समुदाय भएकाेले यहाँका भुमिपुत्रहरू विस्थापित हुन पुगेकाे हाे । ‘ राष्ट्रिय अध्यक्ष डा. राउतले आमसभालाई सम्बाेधन गर्ने क्रममा कांग्रेस, नेकपा र मधेश केन्द्रीत दलहरूप्रति आक्राेस व्यक्त गर्दै अधिकांश समय खर्चेका थिए ।

20200204_190818

मधेशी जनताकाे भावना अनुसार काम गर्नकाे लागि आफ्नाे पार्टी तयार रहेकाले अन्य पार्टी परित्याग गरि जनमत पार्टीमा आउन अनुराेध गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्य माे. अब्दुल खानले नेपाली कांग्रेस पार्टी , नेकपा र मधेश केन्द्रित नेताहरूले आदिवासी मधेशीहरूलाई आफ्नै जग्गामा सुकुम्बासी भई विस्थापित हुने अवस्थामा पुर्याएकाे धारणाा राखे । ‘राइट टु रिकल’ र आइएलओ १६९ काे अधिकारलाई कार्यान्वयन गर्न जनमत पार्टीको मुख्य एजेण्डा रहेकाे बताउदै केन्द्रीय सदस्य खानले त्यसका लागि जनमत पार्टीमा लाग्न आग्रह गरेका थिए ।

20200204_192120

पार्टीका जिल्ला संयाेजक बलबहादुर राजवंशीकाे सभापतित्वमा सञ्चालन भएकाे आमसभामा केन्द्रीय सदस्य काेशिल्या देवी महताे, .केन्द्रीय सदस्य बबिता ईसर्जीलगायतले बाेलेका थिए । डा. राउतले स्थापना गरेकाे जनमत पार्टीको  औपचारिकरूपमा झापामा याे पहिलाे आमसभा हाे ।

पाँच सय मिटर टाढादेखि घेरा

पृथकतावादी आन्दोलन छाडेर  खुल्ला राजनीतिमा हाेमिएका डा. सीके राउतले स्थापना गरेका   जनमत पार्टीका   स्वंसेवकका रूपमा खटिएका युवाहरूले गाैरीगंज चाेक देखि कार्यक्रम स्थलसम्म बाटाे दुबै तर्फ घेराहालि डा. राउतलाई डाेर्याएका  थिए ।

उनले चढेकाेे प्रदेश नं. ३ -०१०२२च ४२२६ काे गाडीकाे दुुबै तर्फ जनमत पार्टी लेखिएकाे  टि सर्ट लगाएका युवाहरूले डा राउतलाई  गााैरीगंज  चाैैैक देेखि नै  कडा सुरक्षासाथ     कार्यक्रम  स्थल पुर्याएका थिए ।

20200204_190806

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : ३० बजे