१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्कमा शैक्षिक सामाग्री वितरण


१९ माघ २०७६, आइतबार  

0
Shares

20200202_173731

गाैरीगंज १९, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, स्विटर र ब्याग निशुल्क वितरण गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ काे ७५ प्रतिशत, अन्य व्यक्ति र संघ संस्थाकाे २५ प्रतिशत साझेदारी अनुदानमा वार्डका ५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाक सुट, ब्याग र स्विटर वितरण गरिएकाे हाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का श्री वगुवा प्राथमिक विद्यालय वेलडाँगी, सरस्वती प्रावि, राष्ट्रिय प्रावि, गाैरीया प्रावि बाह्रसुदी र भवानी प्रावि भवानीपुरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे हाे । विद्यार्थीलाई ३ सय ६० थान ट्राकसुट, १ सय १२ थान स्विटर र ४ सय ७२ थान ब्याग वितरण गरिएकाे थियाे ।

विद्यालयमा शैक्षिक सुधारका लागि प्राेत्साहन स्वरूप विद्यार्थीलाई यस प्रकारकाे शैक्षिक सामाग्री निःशुल्कमा वितरण गरिएकाे वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरीले बताए ।

20200202_173800
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किरहेकाे अवस्थामा शैक्षिक सामाग्री वितरणले केही हदसम्म सहयाेग पुग्ने सहभागीहरूले बताएका थिए । शैक्षिक सामाग्रीका लागि वार्ड कार्यालयले ४ लाख ८० हजार रूपैयाँ वजेट विनियाेजन गरेकाे थियाे ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ५ का वार्ड सदस्य राजेन्द्र ताजपुरिया, वार्डनं. ४ का वडा सदस्य रामबहादुर राजवंशी, नेकपा शिक्षा विभागका झापा प्रमुख सिताराम अधिकारी,   प्रअ जितबहादुर राउत लगायतकाे सहभागिता थियाे ।

20200202_174203

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : ०१ बजे