३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरादह उद्योग वाणिज्य संघको नेतृत्व नेकपाले लिने सहमति


१७ माघ २०७६, शुक्रबार  

0
Shares

20200131_203445

गाैैैैैैरादह १७, माघ / गौरादह उद्योग वाणिज्य संघले माघ २५ गते हुने भनी निर्वाचन प्रक्रियाकाे तालिका सार्वजनिक गरेकाे छ ।
संघकाे निर्वाचन समितिले आज शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरि सार्वजनिक गरेकाे हाे ।

निर्वाचन समितिले निर्वाचनकाे तालिका सार्वजनिक गरे पनि संघले सहमतिय प्रक्रियाबाट जाने आन्तरिक तयारी गरिएकाे जनाईएकाे छ । नेकपा, नेका , राप्रपालगायत अन्य पार्टीसंग छलफल गरि सहमतिय प्रक्रियाबाट नेतृत्व चयन गर्ने स्राेतले बताएकाे छ ।
संघकाे अध्यक्ष नेकपाले लिनेे र प्रथम उपाध्यक्ष नेपाली कांग्रेसले लिने दुवै पार्टीको नेतृत्व बीच सहमति भइ अनुमाेदन भएकाे जनाइएकाे छ । त्यसैगरी द्वितीय उपाध्यक्ष र काेषाध्यक्ष नेकपाले लिने र महासचिव पद नेपाली कांग्रेस पार्टीले लिने प्रारम्भिक सहमति भएकाे स्राेतले जनाईएकाे छ । सदस्यकाे पदकाे हकमा दुवै पार्टीकाे बराबरी सदस्य रहने र अन्य पार्टीलाई पनि सहमतिय ढंगबाट अघि बढ्ने जनाईएकाे छ ।

यसैबीच निर्वाचनका लागि मतदाता नामावली समेत प्रकाशन गरिएको छ । निर्वाचन समितिका संयोजक बाबुराम भण्डारीका अनुसार संस्थाको विधान अनुसार प्रक्रिया पूरा भएका स्थायी लेखा नम्बर सहितका मतदाताहरु १ हजार ४३ जना रहेका छन् ।
संघमा थप १७५ जना ब्यवसायीले भने संस्थामा नविकरण गराए पनि स्थायी लेखा नम्बर पेश गरेका छैनन् । कार्य समितिको निर्णय अनुसार स्थायी लेखा नम्बर पेश गर्न छुटेका ब्यवसायीले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने दिन सम्ममा प्रमाण पेश गर्नु पर्ने छ ।

छुटेका ब्यवसायीले स्थायी लेखा नम्बरको प्रतिलिपि प्रमाण कार्यलयमा पेश गरेमा अन्तिम मतदाता नामावली प्रकाशन गर्दा नाम समाबेश गरिने निर्वाचन समितिको निर्वाचन कार्यक्रममा उल्लेख गरिएको छ ।

निर्वाचन कार्यक्रम बिस्तृतमा पढ्नुहोस् –

20200131_203445

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  २ : ५६ बजे