५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बमबाट क्षतिग्रस्त भएकाे घरकाे घरधनीले क्षतिपूर्ति पाएन


१७ माघ २०७६, शुक्रबार  

0
Shares

gauradha
गौरादह १७, माघ/ गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतकाे गाडीलाई लक्षित गरि पड्काईएकाे बमबाट क्षतिग्रस्त भएकाे घरकाे घरधनीले हालसम्म क्षतिपूर्ति पाएका छैनन्। बम बिस्फाेट भएकाे ४ महिना बितिसक्दा समेत नगरपालिकाले क्षतिपूर्ती दिन खासै चासाे देखाएको छैन। तत्कालीन गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र गौरादह नगरपालिका वडा नं ३ काे धाेबिनीयामा सरस्वती कटुवालकाे घरमा डेरा गरी बसेका थिए। गौरादह नगरपालिकाले सरस्वती कटुवालसंग मासिक ६ हजार घर भाडा तिर्ने गरि मिति २०७५ साल श्रावण १ गते संझौता गरि बस्तै आएका थिए। प्रशासकीय अधिकृत मिश्रले नगरपालिकाकाे सरकारी गाडी डेरा गरि बसेकाे घर अगाडि पार्किङ्ग गरेर राखेका थिए।उनी चढ्ने सरकारी गाडीलाई लक्षित गरि अज्ञात समुहले २०७६ साल भदौ २३ गते मध्य रातमा बम बिस्फाेट गराएका थिए । गाडी मुनी शक्तिशाली प्रेसर कुकर बम बिस्फाेट गराएपछि गाडी छेद -विच्छेद भएकाे थियाे।बिस्फाेटका कारण शक्तिशाली भुईचालाे आए जस्तै घर हल्लिएकाे घरधनी ईन्द्र कटुवाल बताउँछन्।मध्यरातमा सुतिरहेको समयमा बिस्फाेट हुदाँ घरमा रहेका मानिसहरुकाे हाेसहवास उडेकाे कटुवाल बताउँछन् । घरका भित्ताहरु चर्केका छन् भने झ्यालका सिसाहरु फुटेका थिए। घरका दुबै तल्लाका झ्याल र ढाेकाहरु भत्किएका छन र कब्जाहरु लाग्दैन्न ।यतिमात्र हाेइन बिस्फाेटका कारण छिमेकीका घरका ट्वाइलेट बाथरुमका ढाेकाका कब्जाहरु समेत खुलेनन्। नगरपालिकाले संझौता गरेर प्रशासकीय अधिकृतलाई डेरागरि राखेर क्षतिग्रस्त भएकाे घरकाे क्षतिपूर्ती दिन स्थानिय सरकार आलटाल गरिरहेकाे छ। बिस्फाेट पश्चात घरधनी कटुवालले क्षतिकाे बिबरण सहित नगरपालिकामा स्थानीय सरकारलाई लिखित जानकारी गराएका थिए। घरकाे क्षतिकाे मुल्यांकन गरि नगरपालिकाले क्षतिपूर्ति दिनेमा घर धनी सरस्वती कटुवाल आशावादी रहेकाे बताउँछिन्।क्षति भएकाे गाडी लगियाे । प्रशासकीय अधिकृत मिश्र सरुवा भएर गए । तर, स्थानिय सरकार भने नगरपालिकाकाे प्राबिधिक टाेलीबाट निरिक्षण गराई क्षतिकाे बिवरण हेरी क्षतिपूर्ती दिने निर्णय गरेर चुपलागेर बसेकाे छ। क्षतिकाे बिषयमा ईन्जिनियरबाट अनुगमन, निरिक्षण गरि स्टिमेट गराइ के कति क्षति भएको हाे त्यस अनुसार क्षतिपूर्ती दिने नगर कार्यपालिकाले निर्णय गरेकाे मेयर राेहित कुमार शाह बताउँछन्।बिस्फाेटबाट घरमा भएकाे फुटेका झ्यालका सिसा लगाई सकेकाे र अन्य के कति क्षति भएकाे हाे ईन्जिनियरकाे स्टिमेट विवरण आएपछि क्षतिपूर्ति दिईने नगर प्रबक्ता नगेन्द्र भन्डारी बताउँछन्।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : ५५ बजे