५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सूचना जारी गर्दा पनि गाैरीगंजकाे बजार क्षेत्रकाे संरचना हटाउन सुरसार छैन्


१५ माघ २०७६, बुधबार  

0
Shares

20200129_191505

गौरीगञ्ज १५, माघ / गाैरीगंज गाउँपालिकाले हुलाकी सडक क्षेत्रकाे व्यक्तिगत तथा सार्वजनिक महत्वका संरचनाहरू हटाउन सूचना जारी गरेसंगै हुलाकी सडककाे निर्माण कार्य शुरू भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे पश्चिम सिमाना रतुवा खाेलादेखि हुलाकी मार्ग निर्माण कार्य शुरू भएकाे हाे ।
निर्माणाधिन हुलाकी मार्गको काममा सहजताका लागि यता गाउँपालिकाले माघ १० गते नै सूचना जारी गरि व्यक्तिगत तथा सार्वजनिक महत्वका संरचना हटाउन अनुराेध गरेकाे छ । गाउँपालिकाले माघ २५ गते सम्मको म्याद दिएको छ । गाउँपालिकाले जारी गरेकाे सूचनाकाे अब केही दिन मात्र बाकी रहदाँँसम्म बजार क्षेत्र तथा आसपासकाे क्षेत्रकाे संरचनाहरू हटाउन भने अहिले सम्म स्थानियहरूले सुुरसार गरेकाे देखिदैन । बाटाेकाे मध्य विन्दुबाट गाउँपालिकाले दायाँबायाँ १५/१५ मिटर छुट्याई सीमांकन गरि सकेकाेे छ ।
पूर्वमा कन्काई र पश्चिममा रतुवा खोला सम्मको गाैरीगंज गाउँपालिका क्षेत्र भित्र सडकको निर्माणकार्य शुरू भएकाे हाे ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : ४६ बजे