१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वालकल्याण मावि महाभाराका भुपू विद्यार्थी र शिक्षकहरूकाे पुनर्मिलन भेटघाट हुने


१४ माघ २०७६, मंगलबार  

0
Shares

20200128_202447
माहाभारा १४, माघ / गौरीगञ्ज गापा वडा नं १ साविक महाभारा ३ कुञ्जीबारीस्थित वाल कल्याण माविमा अध्ययन भुतपूर्व विद्यार्थीहरु र विद्यालयमा कार्यरत भुपू शिक्षकहरुका बीचमा पुर्नमिलन कार्यक्रम हुने भएकाे छ ।
परिचयात्मक भेटघाट गरी भुपु विद्यार्थीहरुको साझा संस्था गठन गरी विविध कार्यक्रम गर्ने कार्यक्रम रहेकाे हुदा माघ २९ गतेसम्म सम्पर्क गरि नाम टिपाउन अनुराेध गरिएकाे छ ।
फागुन ३ गते शनिबारका दिन बिहान ९ बजे शिवसताक्षी नगरपालिकामा पर्ने पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत गर्ने गरी वनभोज आयोजना गरिएको हुँदा समयमै सम्पर्क गर्न सम्पूर्ण भुपु विद्यार्थी शिक्षकहरुमा सहभागिताका लागि आयाेजक समितिले अनुराेध गरेकाे छ ।

समितिकाे सूचना

निजी सवारी साधन नभएका भुपु विद्यार्थीहरुको यातायातमा सहजताका लागि कुञ्जीबारीबाट सो दिन बिहान ८ बजे बसको व्यवस्था गरिएको छ ।
आफूसंगै आफ्नो परिवारका सदस्यहरुले समेत वालकल्याणमा अध्ययन गरेको भएमा कार्यक्रमका बारेमा जानकारी गराई खबर गरिदिनु हुन पनि भुपु विद्यार्थीहरुमा अनुरोध गरिन्छ ।
भुपु विद्यार्थीहरुको विस्तृत विवरणसहित तथ्याङक संकलन गरिने भएको हुँदा कार्यक्रमस्थलमा सम्पर्क डेक्स राखिनेछ ।
कसैसंग नृत्य, गायन जस्ता विधामा विशेष कला प्रतिभा भएमा अग्रीम जानकारीसहित नाम टिपाउनु होला । आफूले गाउने वा नाच्ने गीत अथवा ट्रयाक आफैं ल्याउनुपर्नेछ ।
सहभागिताका लागि न्यूनतम प्रति व्यक्ति रु ५०० शुल्क तोकिएको छ । सो भन्दा बढी सहयोग गर्न चाहने भुपु विद्यार्थीहरुले अग्रिम सम्पर्क गर्नुहुन अनुरोध छ ।
श्रीमान श्रीमति १० बर्ष भन्दा मुनिका छोराछोरी समेत लिएर सहभागि भए वापत जम्मा १००० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । जुनसुकै माध्यमबाट पनि निम्न ठाउँहरुमा निम्न व्यक्तिसंग सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्नु हुनेछ ।

भुपु विद्यार्थीहरुबीच सम्पर्क सहजताका लागि निम्न ठाउँहरुमा निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ ।
व्यवस्थापन सम्पर्क –
भवानी काफ्ले – ९८४२६३००९६/९८१००५८३३०
राजु निरौला– ९८०४९९६८४६/९८६२६२७६६३

विद्यालयमा सम्पर्कका लागि –
हरिकृष्ण तिम्सिना (९८१५९११९६३)
हरि राजवंशी (९८०१४०५६९२)
विर्तामोड भद्रपुर, काँकरभिट्टा क्षेत्रका लागि सम्पर्क
सुवास मोक्तान/राजेन्द्र उप्रेती ( ९८२५९५९८९८ / ९८२४९६३९९७)
(साविक महाभारा १, २, ३, ४ र ५ तथा कोरोबारी बैगुन्धुरा) क्षेत्रमा सम्पर्कका लागि
नगेन्द्र कुँवर ( ९८७९४९५३१)
झिलझिले, दुधे क्षेत्रमा सम्पर्कका लागि
गीता दाहाल (९८१६९७१५८४)

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : ४२ बजे