२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

छात्रालाई नि:शुल्कमा साईकल


१३ माघ २०७६, सोमबार  

0
Shares

20200127_180727

गाैरीगंज १३ माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेकाे छ ।
ग्रामीण क्षेत्रका छात्राहरूलाई सहजरूपमा विद्यालयमा पहुच हाेस् भन्ने उदेश्यले प्राेत्साहनस्वरूप वार्ड कार्यालयले ३२ जना छात्रालाई नि:शुल्कमा वितरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे सिलिङ्ग बजेट २ लाख ४० हजार रूपैयाँबाट खरिद गरि बाल कल्याण माविका छात्राहरूलाई साइकल वितरण गरिएकाे थियाे ।
20200127_180701
त्यसैगरी वडा कार्यालयले आजै २० जना जेष्ठ नागरिकहरूलाई न्यानाे कम्बल वितरण गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वार्ड सदस्यहरू राजभक्त्त सुनुवार, जानुका गाैतम, टंक श्रेष्ठ, सुनिता पासवान, बाल कल्याण माविका शिक्षक हरि राजवंशी, नेकपाका प्रतिनिधि बुधनारायण राजवंशी, नेकाका प्रतिनिधि विनाेद राजवंशी, राप्रपाका प्रतिनिधि गणेश पाेख्रेल, सशस्त्र प्रहरी निरीक्षक साईमन श्रेष्ठ, प्रअ टेकनारायण राजवंशीलगायतकाे सहभागिता थियाे । वार्ड नं. १ का वडा सचिव भाेजराज अधिकारीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य जानुका गाैतमले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ३८ बजे