३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

किसानलाई नि:शुल्कमा धानकाेे बीउ वितरण


१२ माघ २०७६, आइतबार  

0
Shares

20200126_212713

गाैरीगंज १२, माघ / किसानहरूलाई नि:शुल्कमा चैते धानकाे बीउ उपलब्ध गराईएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ ले वडाका २४ जना किसानलाई नि: शुल्कमा उन्नत जातकाे चैतेे धानकाे बीउ उपलब्ध गराएकाे हाे । प्रत्येक किसानलाई ८केजी ७५ ग्राम धानकाे बीउ उपलब्ध गराइएकाेे कार्यपालिका सदस्य राधा अकिकारीले बताइन् । बजारबाट किनेकाे धानकाे बीउ किन्दा बर्सेनि ठगिएकाे अवस्थामा नि:शुल्कमा धानकाे बीउ पाउनुले किसानहरूले राहत पाएकाे बताए । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कि किसान निर्मला दाहालले किसानलाई धानकाे बीउ उपलब्ध गराएर वडा कार्यालयले राहत दिएकाे प्रतिक्रिया दिइन् ।
लगभग ४ विघा खेतमा धान उब्जाउ गर्दै आएकी दाहालले वीउ विजन उलब्ध गराए पनि जग्गा बमाेजिम बीउ र मल उपलब्ध गराएकाे भए आभारी हुन्थे ।
गाउँपालिकाका १ देखि ६ वडा भित्र रहेका कृषि फर्म, कृषक समूह, कृषि सहकारी, कृषि उधमीलाई चैते धान बीउ कृषि शाखा कार्यालयमार्फत वर्षेनी चैते धानकाेे बीउ वितरण गर्दै आएकाे छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : ४५ बजे