३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अवैधरूपमा साईकलमा ल्याउदै गरेकाे सुर्ती गाैरीगंजमा बरामद


११ माघ २०७६, शनिबार  

0
Shares

20200125_213647

गाैरीगंज ११, माघ / अवैधरूपमा भारतबाट नेपालतर्फ साईकलमा ल्याउदै गरेकाे सुर्ती प्रहरीले बरामद गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ गेउरिया पुल नजिक करिव ७० केजी सुर्ती अाज विहान करिब ९.१५ बजे ईलाका प्रहरी कार्यालय गाैरीगंजले बरामद गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार २१ हजार मूल्य बराबरकाे सुर्ती रहेकाे र ती बरामद सुर्ती ईलाका प्रहरी कार्यालय गाैरीगंजमा राखिएकाे छ ।
यसअघि गाैरीगंज नाकाबाट २ महिना भारी मात्रामा सुर्ती बरामद गरेकाे थियाे । पटक पटक याे नाकाबाट अवैध सुर्ती बरामद हुनुले कहि सुर्ती ओसारपाेसारमा ठुलै गिराेह संलग्न रहेकाे आशंका गर्न सकिन्छ । तर अवैधजन्य पदार्थ र चिजबस्तुकाे नियन्त्रण र नियमन गर्ने निकाय प्रहरी भने निरीह जस्ताे देखिन्छ ।
यसैबीच प्रदेश १ सरकारले सार्वजनिकस्थल र त्यसवरपरका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । ८ वर्षअघि नै सार्वजनिकस्थलआसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग र विक्री–वितरणमा प्रतिबन्ध लगाउन ऐन जारी गरिए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश १ सरकारले सोही ऐन कार्यान्वयनमा ल्याउन लागेको हो ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि ०६८ मै संसदबाट विधेयक पारित गरेको थियो । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ ले कसैले पनि शिक्षणसंस्था, स्वास्थ्यसंस्था, बाल कल्याणगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा तोकिएका सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्रका कुनै पनि स्थानबाट सुर्तीजन्य पदार्थको विक्री–वितरण गर्न–गराउने नपाउने व्यवस्था गरेको छ । त्यसका लागि नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोकिदिने व्यवस्था छ । तोकिएको परिधिभित्रका निजी घर तथा पसलबाट समेत सुर्तीजन्य पदार्थको विक्री–वितरण गराउन नपाउने प्रावधान छ । तर, ऐन जारी भएको यति लामो समयसम्म पनि खुलेआम सार्वजनिकस्थलमै सुर्तीजन्य पदार्थको विक्री–वितरण तथा प्रयोग भइरहेको छ ।
प्रदेश १ सरकारले १ फागुनदेखि ऐनको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न तयारी तीव्र बनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ३ : ५६ बजे