११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

७ सय ५० रूपैयाँमा जिवन फेरिएका माे. समिद


११ माघ २०७६, शनिबार  

0
Shares

20200125_140758

प्रदिप दास
गाैरीगंज /
सामान्य व्यक्ति हाेस् वा सरकारी कर्मचारी मुस्कान टेलर्सकाे नाम नसुनेकाे र त्यसकाे बारेमा नजानेकाे सायदै कमै हाेलान् । यतिमात्र कहाँ हाे र ? जानेका र नाम सुनेका सबैले विवाह, भाेज भतेरलगायत हरेक किसिमका कार्यक्रममा प्रयाेग गर्ने कपडा त्यहीँ सिलाउँछन् । पुरूषलाई चाहिने सुट, सर्ट र पेन्ट हाेस् वा महिलाहरूलाई चाहिने कुर्ता, सुरुवाल ,ब्लाउज ,लेहेङ्गा अनि चोलीमा पनि बुटिक त्यहीँ भरिन्छ । त्यति मात्र हैन गौरीगञ्जका सामान्य मानिसदेखि सरकारी कर्मचारी तथा नेतासम्म सुट बनाउन त्यहीँ आउँछन् ।
शालिन तथा भद्र स्वभावका माे. समिद आलम गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे मुस्कान टेलर्सका सञ्चालक हुन् । उनले त्यहाँ टेलर्स अनि बुटिक उद्योग पनि सञ्चालन गरेका छन् । त्यहाँ कुर्ता सुरुवाल ,ब्लाउज ,लेहेङ्गा अनि चोलीमा बुटिक भरिन्छ । अनि त्यहि रहेको मुस्कान टेलर्समा सिलाएर ग्राहकलाई दिइन्छ । त्यति मात्र हैन स्पेसियल सुट तयार गर्नुपर्यो भने हरेक ब्यक्तिको रोजाईमा पर्छन् कोट मास्टर समिद ।
उनले हरेक ग्राहकका लागि उनीहरुको रोजाई अनुसारका सुट तयार गर्छन् । उनले शुरुवाती अवस्थामा रु ७ सय ५० रुपैयामा थालेको टेलर्स पसल अहिले ७ लाख माथिको भएको छ । उनले यहि टेलर्सबाट कमाएको पैसाले घडेरी पनि किनेका छन् । उनि उद्योगी र कोट मास्टर भएका छन् । उनि भन्छन्-म दिनमा दुई जोरी सुट तयार गर्छु । कोट सिलाउन मलाई सर्ट भन्दा सजिलो लाग्छ । सामान्यतया कोट सिलाउन १–२ दिनसम्म लाग्छ तर समिद १ दिनमा दुई जोर तयार गर्छन यो अचम्मको कुरा हो । धेरैले उनलाई देख्दा नपत्याउँदो देख्छन् । उनीसंग असामान्य क्षमता छ जो उनी एक दुई पटक हेरेर सिके भने जस्तोसुकै डिजाइन् पनि टिप्न सक्छन् ।

अहिले बजार मोदी कोट ,जवारकोट ,आस्कोट ,शिरवानी लगायत डिजाइन चल्तीमा रहेको उनी बताउँछन् । अझै अपत्यारिलो र अच्चम्मको कुरा त के छ भने उनी पहाडी समुदायमा लोकप्रिय दौरा सुरुवाल र चौबन्दी चोली पनि तयार गर्छन् ।
यसको पनि एउटा कथा रैछ । उनले कालीगढ राखेर र खुसि पारेर पहाडी समुदायका एक ब्यक्तिबाट सिकेका रहेछन् । यस्तै ७ सय ५० बाट शुरु गरिएको उनको टेलर्समा अहिले २५ वटा मेसिन छ । त्यसको पनि एउटा घतलाग्दो कहानी रहेछ । शुरुमा उनीसँग लगानी गर्ने पुजीँ थिएन । एक जना ब्यक्तिबाट ४ सय रुपैया लिएको र उनिसँग भएको गरी जम्मा ७ सय५० रुपैयामा उनले टेलर्स शुरु गरेछन् ।

तिब्र इच्छा र लगनशिला हुने हो भने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण उनले देखाएका छन् । किन की उनीसँग पुजीँ थिएन र मात्र अलिकति सीप थियो । दृढ बिश्वासले उनलाई गौरीगञ्जका महिला तथा पुरुषहरुलाई सिप सिकाउन थालेकाछन् ।
ति सिक्ने शिष्यहरुलाई पुर्ण बनाएपछि उनले ति मेसिन त्यहि राख्दा रहेछन् । यसरी उनले अहिलेसम्म २ हजार महिला तथा पुरुषहरुलाई सिप सिकाएका छन् । उनीहरु विभिन्न ठाउँमा सिलाई पसल खोली आत्मनिर्भर भएका छन् । समिद सम्झन्छन् एक जान नेपाली युवकसँग मलेसियाकी एक महिलाले विवाह गरी नेपाल आएकी रहिछन् ।

उनलाई पनि समिदले नै सिप सिकाई दिएछन् । अहिले ति महिला गौरीगंज वार्ड नं. ३ मा शान्ति टेलर्स सञ्चालन गरेेेर जिविकोपार्जन गर्छिन् । यो त उदाहरण मात्र हो । यस्ता धेरै युवायुवतीहरु अहिले गोरीगञ्ज आसपास र देश बिदेशमा रोजगार भएका समित बताउँछन् । त्यति मात्र होइन् अहिलेका पुस्तामा सिलाउँने तर कटिङ्ग गर्ने सीप कमै मात्र देख्न सकिन्छ । उनले सिकाएका सबैले कटिङ्ग पनि आफै गर्छन् । उनले यसका लागि एउटा पुस्तक नै प्रकाशन गरेका छन् । तत्कालिन शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यलय गोरीगञ्जका इन्सपेक्टर देव कार्कीको सल्लाह र सहयोगमा उनले कटिङ्ग पुस्तक प्रकाशन गरेका हुन् ।

को हुन् समिद ?
झापा गोरीगञ्ज गाउँपालिका वार्ड नं. ३ का समिदको शुरुवातको कथा सम्झिदा उनि भकानिन्छन् । किन कि उनले जिन्दगीमा धेरै दु:ख भोगेका थिए । उनले कक्षा ८ सम्मको मात्र अध्ययन गरेका छन् । उनि त्यति बेला कुलतमा फसेका थिए । उनि जाँड रक्सी अनि लागुऔषध प्रयोग गर्थे । हाम्रो समाजमा कुलतमा फसेकालाई खास सम्मान अनि माया उत्पेरण केहि पनि दिइन्दैन ।

समिदलाई पनि कसैले मन पराउँदैन थियाे । परिवारले समेत घृणा अनि तिरस्कार गर्थे । त्यतिबेला उनलाई घरबाट निकालियो । अनि उनि बेसहारा बने । यतिकैमा उनि भारततर्फ लागे त्यहाँ कुकुरले नपाउने दु:ख पाएको उनी बताउँछन् ।

त्यहाँ ३ महिना सिप सिकेर नेपाल फर्किए । उसो त उनको परिवारका सबै जनाले सिँलाई पेशा नै अंगालेका थिए । यतिकैमा २०६१ सालमा उनले रेडिमेट उद्योग खोले त्यो राम्रोसँग चल्न सकेन । अब झन् परिवारले उनलाई देख्न सक्न छोडे । नजिकका टेलर्समा काम सिक्न गए । त्यहाँ पनि उनलाई अपमान गरियो । उनि सुनाउँछन् टेलर्स मास्टरहरुले तैले केही गर्न सक्दैनस् भनेर घृणा गर्थे ।

त्यहि कारण उनलाई मनमा बिझ्यो अनि जसरी भए पनि सीप सिक्ने अनि उद्योग खोल्ने उनको चाहाना थियो ।

देउता खोज्दा ढुङ्गा मिल्यो भने झै गोरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका दिपेन्द्र यादव उनका लागी भगवान बनेर आए । उनले दिएको रु ४ सय पैसाले नै उनलाई यहाँसम्म ल्याई पुर्याएको हो । उनि भन्छन् दिपेन्द्र दाईले मलाई सहयोग र उत्पेरणा नदिएको भए । आज म यस्तो अवस्थामा आउने थिइन। यसरी अघि बढ्ने क्रममा कालिगढमा राखिएका मास्टरलाई खुसि पारेर उनले सिप सिके । उनले अहिले आफ्नोमा बाहेक सरकारी सहयोग चलेका परियोजनामा पनि मास्टरको रुपमा काम गर्छन् ।

उनले आफ्ननो टेलर्से सिकाएका शिष्यहरुबाट उनि मेसिन लिन्छन् त्यो पनि परफेट बनाएर । अहिले उनिसँग २५ वटा मेसिन् छन् । अहिले उनको दुई छोरी र एक छोरा छन् । उनीहरु नजिकैको एक बोर्डिङ्ग स्कुलमा पढ्छन् । उनको लाईफ अहिले स्टेण्डर छ । सबैको हाई हाई छन् । लक्ष्य राखेर अगाडी बढेमा जो कसैले पनि प्रगती गर्न सक्छ उनी बताउँछन् ।

७ जनाले पाए रोजगारी
मुस्कान टेलर्समा अहिले ७ जना युवा युवतीहरुले रोजगारी पाएका छन् । उनीहरुलाई पिस रेटका आधार तलव दिने गरेको समिद बताउँछन् । उनीहरु पनि उनले नै सिकाएका शिष्यहरु हुन् । शुरुमा सिप सिक्न आउँदा मेसिन पनि चलाउन नजानेको र अहिले मज्जाले सुट लगायतका कपडा तयार गर्ने गरेको कालिगढ भारत बिहारका १८ बर्षीय सद्धाम हुसेनले बताए ।

यस्तै अर्का कालिगढ शब्दीमनले घरको आर्थिक अवस्थाका कारण पढ्न नपाएको र अब सिप सिकेर राेजगार पाएकाे बताए । अब उनको पनि निकट भबिष्यमा टेलर्स खोल्ने योजना भएको सुनाए । यस्तै स्थानिय पुष्पा खवासले पनि त्यहाँ बुटिक सिकाउँछिन् । उनले पनि त्यहि आएर बुटिङ्ग तथा सिलाउँन जानेको बताइन् । उनले मासिक ७ हजार रुपैया तलव पाउने गरेको सुनाईन् ।

20200125_140743
उद्योग खोल्ने योजना
यतिले मात्र समिदको चाहाना पुरा भएको छैन । अझै उनलाई एउटा ठुलो सिलाई उद्योग सञ्चालन गर्ने इच्छा छ । त्यसका लागि उनी निरन्तर लागि परेका छन् ।

त्यो उद्योग खोलेर आफुले सिकाएका सबैलाई रोजगारी दिने र आफु पनि ठुलो उद्योगी बन्ने उनको चाहाना छ । यसका लागी पुजीँ आवश्यक परेको छ । समिदले प्रदेश एकका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की मार्फत प्रदेश सरकारबाट सहयोग लिन लागि परेका छन् । मन्त्री कार्कीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उनी बताउँछन् ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ३५ बजे