१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. २ भाकुरमारीमा बृहत् सांस्कृतिक मेला शुरू


१ माघ २०७६, बुधबार  

0
Shares

20200115_200910
गाैरीगंज १, माघ / गाैरीगंज गाउँपालिका वार्ड न. २ भाकुरमारीमा कन्काई बृहत् सांस्कृतिक मेलाकाे आयाेजना गरिएकाे छ ।
माघेसंक्रान्तिको अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले लगाएकाे मेला अाज माघ १ गतेदेखि शुरू भएकाे हाे । याे मेला विगत २९ औं वर्षदेखि लगाउदै आएकाे जनाईएकाे छ ।
20200115_200920
प्रदेश सांसद झलक सिंह दर्लामीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मेला भर्न आउने श्रद्वालु भक्तजनहरूकाे उपस्थिति बाक्लाे थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ भाकुरमारीलाई पर्यटकिय क्षेत्रकाे रूपमा विकास गर्न आवश्यकता रहेकाे प्रदेश सांसद दर्लामीले धारणा राखेका थिए ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले मेला लागईएकाे क्षेत्रलाई पर्टकिय क्षेत्रकाे रूपमा विकास गर्न ५ विघा जग्गाकाे व्यवस्थापन भए गाउँपालिकाले वजेटकाे व्यवस्था गर्न सकिने बताएका थिए ।
कन्काई नदी किनारामा लगाइएकाे कन्काई मेलामा माघ १ देखि ३ गते सम्म लाग्ने कन्काई वृहत सांस्कृतिक मेला समितिका संयाेजक अरूण प्रसाद राजवंशीले बताए । मेला भर्न आउने भक्तजनहरूले कन्काई नदिमा नुहाई अस्थायी रूपमा बनाईएकाे गंगा माताकाे प्रतिमामा जल, फूल, अछेता , धुपवत्ती जढाएका थिए । यसरी गंगा मातालाई नदीमा नुहाई फूल , अछेता, धुपवत्ती र जल चढाए मनाेकामना पूरा हुने र निराेग्यता प्रदान हुने जनविश्वास रहेकाे छ ।
20200115_200934
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष मखना महताे, वार्ड नं. २ का अध्यक्ष अगनु प्रसाद राजवंशीलगायतले बाेलेका थिए । कन्काई मेला समितिका अमरलाल ताजपुरियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सांस्कृतिक नृत्य, गीत तथा विभिन्न सांगितिक नृत्यहरू प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममाकाे संचालन मनाेज राजवंशीले गरेका थिए । त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा पनि कन्काई नदी किनारमा माईमेला लगाईएकाे छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : २३ बजे