२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

जेष्ठ नागरिक संघ गाैरादह वडा नं -७ काे दाेस्राे साधारणसभा सम्पन्न


२५ पुस २०७६, शुक्रबार  

0
Shares

20200110_174224

गौरादह २५, पुस /जेष्ठ नागरिक संघ वडा नं -७ काे वडा समितिले दाेस्राे साधारणसभा आज सम्पन्न गरेकाे छ। गौरादह नगरपालिका वडा नं -७ काे वडा कार्यालयमा भएकाे साधारणसभाले पुन बेधनिधि रेग्मीकाे अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकाे छ। नवगठित समितिकाे उपाध्यक्षमा तारावन बुढाथोकी,सचिवमा घनश्याम काफ्ले,सह सचिवमा सम्पतलाल राजवंशी, काेषाध्यक्षमा सूर्य प्रसाद दहाल रहेका छन।समितिका सदस्यहरुमा केशव बजगाँई, मान बहादुर घिमिरे,शान्ता कार्की, दुर्गा दहाल, पार्वती भट्टराई,चन्द्र बहादुर माेते,सूरेन्द्र खरेल र केशर बहादुर कार्की रहेका छन।साधारणसभामा समितिका सचिव घनश्याम काफ्लेले संघकाे बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।आर्थिक प्रतिबेदनमा काफ्लेले आम्दानी तर्फ ५४ हजार ९ सय ३० र खर्च तर्फ ४२ हजार ९ सय ६० रहेकाे आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।जेष्ठ नागरिक संघ वडा नं -७ का अध्यक्ष बेदनिघि रेग्मीकाे सभापतित्वमा सम्पन्न साधारणसभामा वडा नं -७ का वडाध्यक्ष बलराम खरेल प्रमुख अतिथि रहेका थिए।त्यसअवसरमा संघका गौरादह नगर अध्यक्ष गाेपाल प्रसाद काफ्ले, प्रगति मा.बि. का पुर्ब प्रधानाध्यापक मान बहादुर घिमिरे,वडा सदस्य अमरदास सिवाकोटी र यसाेदा दहाल,समाज सेवि सूर्य प्रसाद दहाल,लगायतले शुभकामना मन्तब्य राखेका थिए।समितिकि उपाध्यक्ष तारावन बुढाथोकीले कार्यक्रम संचालन गरेकी थिईन।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : ५९ बजे