३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरादहकाे पाटागाडामा चाक्लाबन्दी खेती शुरू


२५ पुस २०७६, शुक्रबार  

0
Shares

20200110_155135
गौरादह २५, / खेती गर्ने श्रमिक अभाव भईरहेकाे समयमा किसानहरुलाई एकीकृत खेतीकाे अवधारणाकाे बिषयमा जानकारी दिईएकाे छ। खेती गर्न सक्ने युवा शक्ति राेजगारीका लागि बिदेशिदा खेती गर्न किसानहरुलाई समस्या भएकाे छ। खेतीयोग्य जमिन प्रशस्त भएपनि खेती गर्ने जनशक्ति नहुदा चाक्लाबन्दी प्रणाली बर्तमान परिस्थितिमा आवस्यक रहेकाे धारणा राखेका थिए।कृषि योग्य जमिनमा उत्पादन बढाई स्वास्थ्यका लागि आर्गनिक उत्पादन गर्न किसानहरुलाई जानकारी गराईएकाे थियाे। थाेरै जमिन भएका किसानहरुकाे जमिनलाई एकीकृत गरी सामूहिक खेत गर्नका लागि कृषकहरुलाई जानकारी दिनका लागि चक्लाबन्दी कृषि प्रणाली कार्यक्रम सञ्चालन गरिएको जनाईएकाे छ । गौरादह नगरपालिका ४ स्थित पाटागाडामा चाक्लाबन्दी खेती कार्यक्रम सञ्चालन गरिएको छ । साना किसान सहकारी संस्था जुराेपानी र महारानी झोडा सानाकिसान सहकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा थाेरै जग्गा भएका किसानहरुकाे जमिनलाई चाक्लाबन्दी गरि सामुहिक रुपमा खेती गर्दा सहज हुने भएकाले उत्पादनको प्रवृत्तिलाई बढाउन किसानहरुसंग धारणा लिईएकाे थियाे। चक्ला बन्दी प्रणालीबाट ठुलो परिमाणमा एकै प्रकृतिको व्यवसायिक उत्पादन कसरी गर्न सकीन्छ भनेर सहभागी किसानहरुलाई जानकारी दिइएको थियो। चाक्लाबन्दी प्रणालीबाट खेती गर्दाका फाइदाहरुको बारेमा किसानलाई जानकारी गराइएको थियो ।त्यस अवसरमा गौरादह नगरपालिका वडा नं -७ का वडाध्यक्ष बलराम खरेल र वडा नं -४ का वडाध्यक्ष मणिन्द्र कार्कीकाे सहभागीता रहेकाे थियो।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ०८ बजे