१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कम्युनिष्ट पार्टीले देशलाई समृद्धि बनाउने झुठो आश्वासन दिएकाे भन्दै नेपाली कांग्रेसमा प्रवेश


२० पुस २०७६, आइतबार  

0
Shares

20200105_054801

लखनपुर २०, पुस / झापाको कमल गाँउपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । संगठन सुढृढिकरण कार्यक्रम अन्तर्गत आज आयोजना गरिएको टोल भेलामा नेकपा लगायतका दलहरु परित्याग गरि ३१ जना सर्वसाधारण कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा सभापति खेम बाँस्कोटाको अध्यक्षतामा भएको सो कार्यक्रमका बीच पार्टीको एकता टोल समिति गठन गर्नुका साथै नवप्रवेशीहरुलाई अविर लगाई स्वागत गरिएको थियो ।
उनीहरुलाई कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, पार्टीका नेता हुकुमसिंह राई ,कांग्रेस कमल गाँउसचिव देवी आङ्गदेम्बे लगायतकाले पार्टी प्रवेश गराएका थिए । नेकपाका शुभेच्छुक ती कार्यकर्ताहरुले कम्यूनिष्ट पार्टीले देशलाई समृद्धि बनाउने झुठो आश्वासन मात्र दिएकाले त्यो पार्टी छाडेर लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेको वताएका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा राजेन्द्र सापकोटा,कृष्ण घिमीरे, नविन पोख्रेल, गोपाल खतिवडा, अमृत मग्रान्ती,केदार जिमी, सन्तोष पाण्डे,टिकामाया लिम्बु,खगेन्द्र रम्तेल,अम्बिका मग्रान्ती,दलबहादुर चौहान,ओमबहादुर वसेल लगायत रहेका छन् ।
सोहि भेलाले मनमाया घिमीरे संयोजक , प्रकाश तिम्सीना सहसंयोजक, गोपिकृष्ण तिम्सीना सचिव र कोषाध्यक्ष कृष्णप्रसाद घिमीरे रहेको १३ सदस्यीय कांग्रेस एकता टोल समिति गठन गरिएको कांग्रेस कमलका सहसभापति तथा संगठन विभागका जिल्ला सदस्य राजकुमार न्यौपानेले जानकारी दिए । कांग्रेसले साविक लखनपुर भित्र कमल ५ मा ६,६ वडामा ७ र वडा नम्बर ७ मा विभिन्न ६ वटा टोल समिति गठन गरिएको समेत न्यौपानेले बताएका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ०२ बजे