१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रहरी र वकिलकाे भुमिकाबारे गाैरादहमा जनचेतना


१८ पुस २०७६, शुक्रबार  

0
Shares

20200103_195532

गौरादह १८, पुस /जनसमुदायलाई अपराध अनुुसन्धान, सरकारी वकील र प्रहरीको भुमिकालाई जानकारी गराउने उद्देश्यले समुदायमा सरकारी वकील तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं. १ को वडा कार्यालयमा सञ्चालन गरिएको कार्यक्रममा नगर भित्रका जनप्रतिनिधि, समाजसेवी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । जिल्ला सरकारी वकील कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमक र गौरीगञ्जले संयुक्त रुपमा सञ्चालन गरिएको कार्यक्रममा सरकारी वकीलको सांगठनिक ढाँचा, काम कर्तव्य अधिकार, जाहेरी दिने तरिका, कानुनी प्रक्रिया अदालतबाट घट्नाको प्रकृति हेरी गरिने सजाय र जरिवाना का विषयमा सहजिकरण गरिएको थियो । सहायक जिल्ला न्यायधिवक्ता कल्याण पराजुलीले समाजमा भएका घट्ना र जनचेतनाको बारेमा सरकारी वकीलको भुमिका, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी प्रमुख गणेश प्रसाद भट्टराईले प्रहरीको भुमिका विषयमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अपराध अनुसन्धान र अभियोजनमा सरकारी वकील र प्रहरीको भुमिका, फौजदारी न्याय प्रणालीको कार्यान्वयनमा समुदायको भुमिका र सम्भावित अपराधबाट बच्न पुर्याउनु पर्ने होशियारीका विषयमा कार्यपत्रमा उल्लेख गरिएको थियो । कार्यक्रममा उपमेयर गिता भेट्वाल, समाजसेवी मदन अधिकारी, योगराज दाहाल, सुर्य भट्टराई लगायतले अपराध अनुसन्धानका बारेमा राखेका जिज्ञासामा कार्यक्रमका सभापति जिल्ला न्यायधिवक्ता केशव प्रसाद पन्तले जवाफ दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले जनतालाई परेका समस्या निराकरण गर्न घर परिवार सचेत हुनुपर्ने बताउँदै घट्ना हुनु पहिले नै निराकरण को बाटो अभिभावकले खोज्नुपर्ने बताए ।गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले नगरलाई समृद बनाउन अपराध रहित समाज निर्माणकाे आवश्यकता रहेकाे धारणा राखे। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदासले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला सरकारी वकिलका नासु राम प्रसाद पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  २ : १६ बजे