४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरादहमा राष्ट्रिय पाेशाक दिवस


१६ पुस २०७६, बुधबार  

0
Shares

20200101_081108

गौरादह १६, पुस /झापाकाे गौरादहमा राष्ट्रियताकाे पहिचान झल्काउदै टाेपी दिवश मनाईएकाे छ ।नेपाल भ्रमण वर्ष २०२० काे शुभारम्भका साथै टाेपी दिवसलाई राष्ट्रिय पाेसाक दिवशकाे रुपमा मनाएका छन। गौरादह नगरपालिकाकाे सहयाेगमा गौरादह जेसिज,लायन्स क्लब अफ गौरादह,लियाे क्लब अफ गौरादह,आरम्भ फाउन्डेसन झापा,गौरादह यूवा जागरुक समुह र गौरादह सराेकार समाजकाे संयुक्त समन्वयमा संचालन गरिएकाे कार्यक्रममा गौरादह तथा आसपासका क्षेत्रबाट स्वतस्फुर्त रुपमा टाेपि दिवश मनाउन सहभागी भएका थिए। टाेपी दिवश मनाउन सहभागीहरुले डिपु चौकबाट प्रभात फेरि सुरु भइ बजार परिक्रमा गरि सभामा परिणत भएकाे थियाे।टाेपि दिवश मनाउन उपस्थित भएका सहभागीहरुले नेपाली राष्ट्रिय पाेसाक दौरा,सुरुवाल,काेट,टाेपि लगाएका थिए।साडी चाेलाेमा सहभागी भएका महिलाहरुले समेत टाेपि लगाएका थिए।गौरादह नगरपालिकाकी उपमेयर तथा कार्यक्रमकी प्रमुख अतिथि गिता भेट्वालले शान्तिका प्रतिक परेवा जाेडी उडाएर कार्यक्रमकाे उद्घाटन गरेकी थिईन। स्वागत मन्तब्य सहित कार्यक्रमकाे औचित्यमा माथि प्रकाश पार्दै स्थानिय खगेन्द्र न्याैैपानेले हामीमा नेपालीपन हराउदै गएकाले संस्कृति र पहिचाहन जाेगाउन आबस्यक रहेकाे बताए। नेपालीहरुले आफ्नाे पहिचान बिर्सेर अन्तराष्ट्रिय पाेसाक लगाइ हिडिरहेकाे समयमा टाेपी दिवसकाे अवसरमा राष्ट्रिय पाेसाकमा सजिएर नेपालीपनकाे उत्साह र उत्प्रेरणा जगाएकाेमा खुशी व्यक्त गरे। भाबि सन्ततिलाई समेत राष्ट्रियता जगाउन राष्ट्रिय पाेसाक लगाउनु पर्ने बताउदै ढाका टाेपि नेपालीकाे पहिचान र चिनारी रहेकाे कबिता मार्फत जानकारी गराएका थिए।लायन्स क्लब अफ गौरादह अध्यक्ष डा.तिलक खनालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले शुभकामना मन्तब्य राखेका थिए ।गौरादह जेसिजका क्रान्तिदिप काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : २१ बजे