३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नाम मात्रकाे लेखा समिति बल्ल ब्युँतियाे , समितिद्वारा गाैरीगंज गाउँपालिकाकाे कागजात छानविन गरिदै


१५ पुस २०७६, मंगलबार  

0
Shares

20191231_205230

गाैरीगंज १५, पुस /
गाैरीगंज गाउँपालिकाकाे आर्थिक वर्ष २०७५/०७६ मा भएकाे आम्दानी र खर्चकाे हरहिसाब यहाँको गाउँपालिका स्तरिय लेखासमितिले खाेजविन शुरू गरेकाे छ ।
गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीकाे संयाेजकत्वमा रहेकाे लेखासमितिले पुस ११ गतेबाट गाउँपालिकाकाे हरहिसाबकाे खाेजविन गर्न शुरू गरेकाे हाे ।
आर्थिक वर्ष २०७५/ ७६ का सम्पन्न याेजनाहरूकाे विनियोजित वजेट, खर्च , पेश गरिएका विल भाैचर , भुक्तानी प्रक्रिया र वजेटकाे फर्चाैटकाे अध्ययन गरि प्रतिवेदन पेश गरिने लेखा समितिका सदस्य तथा वडा नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीले बताए ।
अहिलेसम्मकाे याेजनाहरूकाे फाईल हेर्दा तत्कालिन समयमा विभिन्न अधुरा याेजनाहरू नाममा दिएकाे पेश्की रकमकाे फर्चाैट र भुक्तानी दिने प्रक्रिया अध्ययन गरिरहेकाे वडा सदस्य मुकेश साहले बताए ।
गाैरीगंज गाउँपालिकाकाे लेखा कक्षमा लेखा समितिका सदस्य रिता तामाङ , आमन्त्रित वडा सदस्यहरू राजेन्द्र ताजपुरिया, अरूण राजवंशी, उदिम कुमार राईलगायतले एक एक गरि फाईलहरू अध्ययन गरिरहेका छन् । लेखा समितिले ७ दिन भित्र सम्पुर्ण फाईलहरू हेरी हरहिसावकाे विवरणसहित प्रतिवेदन तयार गरि कार्यपालिका वैठकमा पेश गरिने जनाईएकाे छ । हरहिसावमा कहिकतै त्रुटि वा कुनै कागजात अपुग भए नभएकाे समेत प्रतिवेदनमा उल्लेख गरि रायसुझावसहित पेश गरिने जनाईएकाे छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ काे दफा २२ मा गाउँ सभा वा नगर सभाले आफ्नाे कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमवाली बनाई कुनै सदस्यकाे संयाेजकत्वमा लेखा समिति गठन गर्न सकिने प्रावधान छ । ऐनले कार्यपालिकालाई सभाप्रति उत्तरदायी बनाउन, स्थानिय कानून निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा कार्यपालिकाका कामकार्वाहीकाे अनुगमन र मूल्यांकन गर्न आवश्यक निर्देशन दिन सक्ने गरि विधेयक समिति, लेखा समिति, सुशासन समिति गठन गर्न सकिने प्रावधान बमाेजिम गाैरीगंज गाउँपालिकामा लेखा समिति गठन भएकाे हाे । तर समितिले त्यसप्रकारकाे कामकार्वाहि वा अनुगमन , मुल्यांकन र निर्देशन यसअघि दिएकाे देखिदैन । गाउँपालिकाले गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे संयाेजकत्वमा न्यायिक समिति, मखना महताेकाे संयाेजकत्वमा सामाजिक समिति, कार्तिकलाल राजवंशीकाे संयाेजकत्वमा पूर्वाधार विकास तथा विधान समिति, अघनु प्रसाद राजवंशीकाे संयाेजकत्वमा सार्वजनिक सेवा तथा श्रम विकास समिति, कुलप्रसाद गिरीकाे संयाेजकत्वमा विपत् व्यवस्थापन समिति, विजय सिंह गन्गाईकाे संयाेजकत्वमा विधेयक समिति, बद्री नारायण यादवकाे संयाेजकत्वमा आर्थिक विकास समिति र कार्तिकलाल राजवंशीकाे संयाेजकत्वमा लेखा समिति गठन भएकाे थियाे । तर यी समितिहरूकाे कार्यविधि हालसम्म नबनेका कारण उनीहरूकाे काम, कर्तव्य र अधिकार के हाे भन्नेमा नै उनीहरू अनभिज्ञ छन् । । लेखा समितिका संयाेजक कार्तिक लाल राजवंशीले समितिकाे कार्यविधि नै नबनाएकाे अवस्थामा समितिले के गर्ने र के गर्न नहुने भन्ने विषयमा नै अन्याैलता रहेकाे बताए । ‘समिति गठन भएकाे ३ बर्ष वित्न लागि सक्याे’ संयाेजक राजवंशीले भने – ‘अब समितिले लेखा परिक्षण गराई मात्र अाउदाे गाउँसभामा प्रवेश गर्ने छ ।’
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयाेजक दिपिन्द्र थापाले कार्यपालिका वैठकबाट लेखा समिति गठन भएपनि उत्त समिति विषयगत समिति नभएकाे तर्क गरे । लेखा समिति लगायत केही जनप्रतिनिधिहरूले आर्थिक वर्ष २०७५/७६ काे हरहिसाब के रहेछ भनेर बुझ्न याेजनाका फाईलहरू हेरिरहेकाे बताए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ३ : २७ बजे