१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह बजारकाे फाेेहाेर वडा कार्यालय परिसरमा


१२ पुस २०७६, शनिबार  

0
Shares

20191227_155329

झगेन्द्र खड्का
गौरादह/ गौरादह बजार क्षेत्रबाट निस्किएको फाेहाेर बस्तु वडा नं -१ काे वडा कार्यालय परिसरमा राखिने गरेकाे छ।नगरपालिकाले हालसम्म डम्पिङसाईटकाे ब्याबस्था गर्न नसक्दा सरकारी कार्यालय परिसरमा फाेहाेर थुपारिएकाे हाे। साबिककाे गौरादह गाबिस रहेकाे भबनमा हुलाक तथा सहकारी कार्यलय रहेका छन।त्यसकाे नजिकमानै वडा नं -१ काे वडा कार्यालय रहेकाे छ।कार्यलयमा सेवा लिन आउने सेवा ग्राहीहरुकाे बाक्लाे उपस्थिति रहन्छ।सरकारी तथा निजि कार्यलयहरुले सेवा दिईरहेकाे कार्यलयकाे अगाडि नगरपालिकाले फाेहाेर थुपार्ने गरेकाे छ।फाेहाेर थुपार्ने स्थान नजिकै चिया, किराना, तथा माछा, मासु पसलहरु रहेका छन।अगाडि फाेहाेरकाे डङ्गुर भएका कारण झिंगा भन्कनुका साथै दुर्गन्ध समेत फैलिने सम्भावना छ।बजार तथा आसपासकाे क्षेत्रमा दुर्गन्ध फैलिन नदिन त्यस स्थानमा खाडल खनि फाेहाेर फालिन थालिएकाे छ।स्थानीय सरकारले नगरपालिका भित्र रहेका बजार तथा अन्य ठाउँकाे फहाेर फाल्न गाडीको ब्यबस्था गरेकाे छ।फाेहाेर फाल्ने ठाउँ डम्पिङसाईडकाे ब्यबस्था नहुदा फाेहाेर फाल्ने गाडी थन्किएकाे छ।बजारकाे फाेहाेर वडा नं -१ काे वडा कार्यलय अगाडि फाल्न ठेला प्रयाेग गरिने गरेकाे छ।बर्षौ देखि पाेखरीकाे दक्षिण पुर्ब पट्टीकाे डिलमा फाेहाेर फालिदा गौरादहकाे पहिचान बाेकेका पाेखरी समेत दुर्गन्धित बनेका छन। करिब ११ बिघा क्षेत्रफलमा फैलिएका पाेखरीलाई पर्यटकीय क्षेत्र बनाउन बर्सेनि बजेट बिनियाेजन भई घेराबेरा निर्माणकाे काम भईरहेकाे छ।आन्तरिक तथा बाहिय पर्यटक भित्र्याई आम्दानीकाे स्राेत बढाउन सक्ने पाेखरीकाे डिलमा नगरपालिकाले फाेहाेर बिसर्जन गर्ने गरेकाे छ।सरकारी तवरबाट भने सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउन तयारी गरिरहेकाे छ।गौरादह नगरपालिकाले पर्यटन क्षेत्रकाे सम्भावना बाेकेकाे पाेखरीलाई चिन्न सकेन भने डिलमा फाेहाेर थुपारेर आसपासकाे वातावरण समेत दुर्गन्धित बनाई रहेकाे छ।फाेहाेर ब्याबस्थापनकाे बिषयमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह सँग गौरादहको फोहोरमैला ब्यवस्थापनको बारेमा जिज्ञासा राख्दा डम्पिङसाईट निर्माण गरिने जग्गाकाे टुंगो लागिसकेकाले यसै आर्थिक बर्ष भित्रमा डम्पिङ्गसाइट बनाईने क्षेत्रमा आबस्यक पुर्वाधार तयार गरि फोहोर ब्यवस्थापन कार्यन्वयनमा आउने बताएका छन।गौरादह नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले नगरपालिका भित्रका बजार तथा अन्य क्षेत्रका फाेहाेर बस्तु बढीमा ५ महिना भित्रमा ब्याबस्थापन गरिने बताए।गौरादह नगरपालिका वडा नं -७ काे ठकठकेमा रहेकाे ३ बिघा सार्वजनिक जग्गामा घेराबेरा गरि फाेहाेर ब्याबस्थापन गरिने बताए।फाेहाेर ब्याबस्थापनका लागि नगरपालिकाले गाडी खरिद गरिसकेकाले डम्पिङसाईट बनाईने स्थानमा पुर्वाधार निर्माण हुनसाथ फाेहाेर ब्याबस्थापन हुने बताए।वडा नं १ काे वडा कार्यलय अगाडिको चिया पसलमा दूध लिएर बिक्री गर्न आउने ईन्द्र कटुवालले वडा कार्यलय अगाडि फाेहाेर फालिएका कारण दुर्गन्ध आई बाटाे हिड्न समेत समस्या भएकाे बताए।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  २ : ३८ बजे