१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनएमसी गाैरीगंजकाे सदस्य शिक्षा प्रशिक्षण


८ पुस २०७६, मंगलबार  

0
Shares

20191224_183553
गाैरीगंज ८, पुस / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नाे वार्षिक कार्यतालिका अनुसार गाैरीगंज शाखाले आफ्नाे शेयर सदस्यहरूलाई सदस्य शिक्षा प्रशिक्षण दिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित शिवालय मन्दिरकाे सभाहलमा ईकाईस्तरमा सहकारी शिक्षा एवम स्वास्थ्य जिवनशैलीका बारेमा आज प्रशिक्षण दिईएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक डम्बर बहादुर बस्नेतले संस्थाकाे वर्तमान स्थिति, वितिय साक्षरता तथा स्वास्थ जिवनशैलीका लागि स्वास्थ्य खानपानबारे सचेत गराएका थिए । साेही कार्यक्रमका क्रममा संस्थाले शेयर सदस्यका दुई जना परिवारलाई राहत मृत्यु काेष मार्फत राहत प्रदान गरिएकाे थियाे । कार्यक्रममा शेयर सदस्य स्व.चन्द्रप्रसाद साहकाे परिवारलाई ५० हजार र स्व.जानकी देवी मण्डलकाे परिवारलाई ५० हजार रूपैयाँ राहत प्रदान गरिएकाे शाखा प्रमुख प्रदिप लम्सालले बताए ।
गाैरीगंज कार्यालयगत उपसमिति संयाेजक नारायण अधिकारीले कार्यक्रमकाे आवश्यकता र औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा संयाेजक अधिकारीले हाल गाैरीगंज शाखामा ११सय १० भन्दा बढी जना शेयर सदस्य रहेकाे बताए । उनले संस्थाकाे शेयर पुजी ६५ लाख ९८ हजार,
निक्षेप २ कराेड १७ लाख ९२ हजार ८ सय १०,
कर्जा लगानी ४ कराेड १० लाख १७ हजार ६ सय ६२ रहेकाे जानकारी गराएका थिए । संस्थाले माेवाईल वैंकिङ्ग काराेवार, सदस्य ठ्याग वितरण, सरसफाई कार्यक्रम, नवजात शिशु कार्यक्रम, जन्मदिन कार्यक्रम, सदस्य राहत कार्यक्रम, घाईते उपचार, प्राकृतिक प्रकाेप उपचार कार्यक्रम, जेष्ठ नागरिक राहत, मृत्यु राहत कार्यक्रम, जेहेन्दार विद्यार्थी पुरस्कार र सिपमुलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएकाे उनले बताएका थिए । कार्यक्रममा सहकारीका ईकाई नं. ३ कि संयाेजक फुलवती राजवंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन शाखाका सहकारी अपरेसन ईन्चार्ज अर्जुन लुइटेलले गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ५२ बजे