१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषि विकास बैंक शाखा कार्यालय गाैरादहले वार्ड कार्यालयलाई फूलकाे गमला


७ पुस २०७६, सोमबार  

0
Shares

20191223_200321
गौरादह ७, पुस /कृषि विकाश बैंककाे सामुदायिक कार्यक्रम अन्तर्गत बैंककाे गौरादह शाखाले गौरादह नगरपालिका वडा नं. १ को वडा कार्यालयलाई फूल सहितको गमला हस्तान्तरण गरेको छ । दुर्गा मन्दिरको प्राङगणमा साेमवार औपचारिक कार्यक्रमको आयोजना गरि गमला वितरण गरेकाे छ ।
गौरादह बजार तथा चौक आसपासकाे क्षेत्रलाई मनमोहक, हरियाली र स्वाच्छ वाताबरण बनाउने उद्देश्यले कृषि विकाश बैंक शाखा गौरादहले ३३ थान गमला पहिलाे चरणमा वितरण गरेकाे छ। गौरादह क्षेत्रमा १०० थान फूल सहितकाे गमला बितरण गर्ने लक्ष्य रहेकाे कृषि विकाश बैंकका तिलक प्रधानले जानकारी गराए।कृषि बिकाश बैंककाे आफ्नो मुनाफाकाे केही प्रतिशत रकम सामाजिक काममा लगाउने उदेश्य रहेकाले यस पटक गौरादहमा फूल सहितकाे गमला बितरण गरेकाे प्रधानले बताए। बजार क्षेत्रलाई स्वच्छ र हाराभारा राख्न बितरण गरिएकाे विभिन्न जातकाे फूल सहितकाे गमला पहिलाे चरणमा ४९ हजार ५ सय मूल्य बराबरकाे रहेकाे गौरादह नगरपालिका का वडा नं.१ का वडा सदस्य कोमल ढुंगानाले जानकारी गराए । गौरादह बजार क्षेत्रलाई हराभरा र सुन्दर बनाउन गमला वितरणको कार्य यश अगाडि नै गरिएता पनि त्यस कार्यकाे औपचारिक उद्घाटन साेमवार गरिएकाे वडा सदस्य ढुुंगानाले बताएका छन् । कार्यक्रममा नेकपा जिल्ला सदस्य योगराज दाहाल, नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले, नेपाली काँग्रेस गौरादह नगर अध्यक्ष यादवराज सेढाईं, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्की लगायतले बाेलेका थिए।
कृषि विकास बैंक लिमिटेड १ नं. प्रदेश कार्यालयका निर्देशक घनेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : २० बजे