१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चन्द्रसूर्य सीप विकास संस्थाद्वारा महिलालाई उद्घाेषण तालिम


४ पुस २०७६, शुक्रबार  

0
Shares

20191220_180627

गौरीगंज ४, पुस /गौरीगंज क्षेत्रका महिलाहरुलाई कार्यक्रम संचालन गर्ने सीप हाँसिल गराउन ३ दिने उद्घाेषण तालिम संचालन गरिएको छ । चन्द्रसूर्य सीप विकास संस्था दमककाे आयाेजनामा संचालन गरिएको तालिममा गौरीगंज गाउँपालिका वडा नं २ र ४ भित्रका ३०/३० जना महिलाहरु सहभागी भएका छन।गौरीगंज गाउपालिकाकाे सहयाेगमा संचालन भएकाे तालिममा सहभागी गराउन वडा कार्यलयले वडाभित्र रहेका वडावासीहरु मध्यवाट तलिम लिन ईच्छुक ब्यक्तिलाई सहभागि गराएको छ।सीप बिकास संस्थाले वडा नं -२ काे काेराेवारी र वडा नं -४ काे गौरीगंज गाउपालिकाकाे सभाहलमा तालिम संचालन गरेकाे छ।
20191220_180645
गौरीगंजमा भएकाे तालिममा गाउपालिका उपाध्यक्ष दिपिन्द्र थापा र संस्थाका प्रशिक्षक भवानी रेग्मीले प्रशिक्षण गरिरहेका छन।प्रशिक्षणका क्रममा सहभागीहरुलाई औपचारिक कार्यक्रम संचालन गर्न उद्घाेषककाे तयारी,कार्यक्रमकाे रुपरेखा,कार्यक्रम संचालनकाे ढाँचा, कार्यक्रमकाे प्रकार, कार्यक्रम संचालकले अपनाउनु पर्ने अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिईरहेका छन। चन्द्रसूर्य सीप बिकास संस्थाले गौरीगंज गाउपालिका वडा नं -१ मा तालिम संचालन गरिसकेको संस्थाका बिष्णु अघिकारीले जानकारी गराए।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : २४ बजे