३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मन्त्री कार्कीद्वारा पुस्तक बिमाेचन


२ पुस २०७६, बुधबार  

0
Shares

c5c33da9b617b605a34679afd18e8a0e.0

गाैरादह २, पुस / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कवि खगेन्द्र न्यौपानेद्वारा तयार पारिएकाे कबिता संग्रह मट्याङग्राहरुकाे पुस्तक बिमाेचन गरेका छन। गौरादह साहित्य समाजलेे आयाेजना गरिएको पुस्तक लाेकार्पण कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मन्त्री कार्कीले एक कार्यक्रमका बिच ब्याङय कबिता संग्रह मट्याङग्राहरुकाे बिमाेचन गरेका हुन।
गौरादहकाे महारानी झाेडा निवासी कवि खगेन्द्र न्यौपानेद्वारा रचित कबिता संग्रह मट्याङग्राहरु कबिता संग्रहमा लामा छाेटा गरि ६१ वटा कबिता समेटिएको छ।कार्यक्रममा गौरादह बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख गाेपाल प्रसाद काफ्लेले कबिता संग्रहकाे समिक्षा गर्दै शिकारीले चलाएकाे मट्याङग्राकाे निशानाकाे संकेत गर्दै कबिता संग्रहमा भएका कबिताहरुले बिक्रिति र बिसंगतिकाे बारेमा कबिताहरुमा चर्चा गरिएको बताए। त्यस्तै दमक निवासी साहित्यकार शंकर चापागाईं धनकुटे कान्छाले समाज रुपान्तरण र सभ्य समाज निर्माणका लागि सहित्यकाे भुमिका रहने बताए।भौतिक पुर्वाधार बिकासले मात्र बिकाशलाई समेट्न नसक्ने बताउदै धनकुटे कान्छाले गाउँ र समाजकाे बौद्धिक क्षामता बृद्वी गर्न साहित्य अनिवार्य रहेकाे धारणा राखे।पुरानाे युगलाई नयाँ युगमा बदल्न आधुनिक जीवन सैलिकाे आबस्यकता रहेकाले मट्याङग्राहरु कबिता संग्रहमा भएका कबिताहरु अध्यान गरेमा समाज रुपान्तरणमा सहयाेग पुग्ने बताए।गौरादह साहित्य समाजका उपाध्यक्ष बिजय हतासकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।कार्यक्रममा संबिधान सभा सदस्य दिपक कार्की,गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भाेजराज दहाल, उपमेयर गिता भेट्वाल,वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए।सह सचिब नैन दाहालले स्वागत मन्तब्य राखेकाे कार्यक्ममा सचिब डन्डीराज घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : २७ बजे