४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

ऐलानी जग्गा व्यक्त्तिकाे नाममा दर्ता गर्न खाेजिएकाे भन्दै कांग्रेसकाे आपत्ति


१ पुस २०७६, मंगलबार  

0
Shares

2472d3370d682929ada104303f416ec7.0

दमक,१ पुस । नेपाल सरकारको स्वामित्वमा रहेको दमक नगरपालिका वार्ड नं. ८ स्थित ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको बिषयमा आफनो गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस क्षेत्र नम्बर ५ झापासहित प्रदेश तथा दमक नगर समितिको संयुक्त बैठकको निर्णयअनुसार अहिले देशैभरी भ्रष्टचारयुक्त काम हुदैआएको र दमकमा समेत यस्तै प्रकरण सार्वजनिक भएको भन्दै स्थानीय सरकार यस्ता विषयमा गंभीर नभएको आरोप लगाएको छ । नगरपालिकाले जनताको सरोकारको विषयमा काम गर्न नसकेको पार्टीले निकालेको विज्ञप्तिमा जनाईएको छ ।

नगरपालिकाले सरकारी जग्गा संरक्षण गर्नु पर्ने भएपनि त्यसप्रति चासो नदेखाएकोमा आपत्ति जनाउदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको उल्लेख छ । स्थानीय सरकारले राज्यको सम्पत्ति संरक्षण गर्न अल्मलिनु नहुने कांग्रेसको प्रष्ट धारणा रहेको जनाएको छ ।
यस्ता गतिबिधिको भत्र्सना गर्दै सत्य तथ्य छानबिनको लागी पार्टीले स्थानीय सरकारसंग आग्रह गर्ने समेत निर्णय भएको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी ,नगर सभापति रोशन विष्ट र प्रदेश क्षेत्र ‘ख’ का सभापति पदम लिम्बुद्वारा संयुक्त हस्ताक्षारित बिज्ञप्तिमा उक्त जग्गा प्रकरणको बिषयमा सत्यतथ्य पत्ता लगाउन माग गर्दे त्यसमा आवश्यक पर्ने सहयोग गर्न पार्टी तयार रहेको पनि जनाईएको छ ।
पार्टीले त्यहाँ बर्षोदेखि बस्दैआएका भूमिहिनहरुलाई उठिबास गरि शक्ति र स्रोतका दुरुपयोग गरि जग्गा कव्जा गर्ने रणनीति भएको हुन सक्ने भन्दै त्यस्तो कार्यको निन्दा गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले वताए । ती जग्गा भने त्यहाँ बस्दैआएका भूमिहीन तथा सुकुम्बासी परिवारहरुको नाममानै दर्ता कायम गरिनु पर्ने औल्याईएको छ ।
साथै सो बिषयमा आप्mनो पार्टीका केहि व्यक्तिहरुको नाम समेत मुछेर आएको बिषयमा सम्बन्धित व्यक्तिहरुले सो प्रकरणमा संलग्न नभएको भनेर सार्वजनिक रुपमा जानकारी गराईसकेकाले त्यस प्रकरणमा पार्टीको यस्तो कुनै संलग्नतामा नरहेको जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : ४९ बजे