१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आईएमई पेकाे सेवा प्रवर्द्धन गर्ने गाैरीगंज एजेन्टलाई उपहार


१ पुस २०७६, मंगलबार  

0
Shares

20191217_180628

गाैरीगंज १, पुस / आई.एम.ई.पे मेची अञ्चलले आफ्नाे व्यवसायिक सेवालाई प्रवर्धन गर्न घडी र कलम उपहार दिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित गाविस चाैकमा रहेकाे अप्सरा पुस्तक पसललाई आई. एम. ई. पे सेवा प्रवर्द्धन गरेवापत घडी र कलम उपहार स्वरूप आज प्रदान गरेकाे हाे ।
आई. एम. ई.का मेची अञ्चल ईन्चार्ज रमेश बुढाथाेकी,आई. एम. ई.का झापा जिल्ला ईन्चार्ज गगन सिटाैला र साेही कम्पनिका डिस्ट्रिवुटर बासु श्रेष्ठले गाैरीगंज पुगी अप्सरा पुस्तक पसलका सञ्चालक आत्माराम राजवंशीलाई ‘अब IME गराै’ लेखिएकाे घडी र कलम उपहार दिएका थिए ।
अबकाे डिजिटल समयमा आई.एम.ई.पेले आम नागरिकलाई सहज र सरल तरिकाबाट घरमै बसी माेवाईलमा रिचार्ज, पानीकाे वील, हवाई टिकट, पैसा पाउन र पठाउन जस्ता सेवाहरू शुरू गरिसकेकाे कम्पनिका मेची अञ्चल ईन्चार्ज रमेश बुढाथाेकीले बताए । आईएमई पे सेवालाई प्रवर्द्धन गर्ने आफ्नाे एजेन्टहरूलाई प्राेत्साहन स्वरूप कम्पनिले विविन्न उपहार र पुरस्कार वितरण गर्दै आएकाे ईन्चार्ज बुढाथाेकीले बताए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : २४ बजे