१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जंगली जनावर नियन्त्रणमा लिन ट्राप भित्र बाख्राकाे पाठाे


१ पुस २०७६, मंगलबार  

0
Shares

20191217_170247

गाैरीगंज १, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खाडीटाेल छेउकाे चिया वगानमा देखिएकाे बाघ जस्ताे जंगली जनावर नियन्त्रणमा लिन फलामे ट्राप अाज थापिएकाे छ । जिल्ला वन कार्यालय भद्रपुरकाे अनुराेधमा जामुनखाडी सिमसारबाट उपलब्ध गराईएकाे ट्राप स्थानियवासि, प्रहरी र जनप्रतिनिधिकाे सहयाेगमा वगानमा राखिएकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वार्ड सदस्य उदिमकुमार राईले बताए । जंगली जनावरलाई सहजरूपमा नियन्त्रणमा लिन ट्राप भित्र बाख्राकाे पाठाे राखिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे वार्ड कार्यालयले वाख्राकाे पाठाे उपलब्ध गराएकाे वडा सदस्य मुकेश साहले जानकारी गराए । करिब ७ दिन पहिले स्थानियवासीकाे खसी र बाछा जंगली जनावरले खाएपछि स्थानियहरू त्रसित भएका थिए । नागरिककाे जनधनकाे सुरक्षा गर्न जनप्रतिनिधि उत्तरदायी हुँदै स्थानियहरूलाई त्रसित नहुन र भयरहित वातावरणमा जंगली जनावरलाई नियन्त्रणमा लिन ट्राप राखिएकाे वार्ड नं. ६ का वार्ड अध्यक्ष बद्री नारायण यादवले बताए ।
वाख्राकाे पाठाेलाई झम्टन खाेज्दा भित्र राखिएकाे धरापलाई छुन साथ ढाेका बन्द हुने ट्राप राखिएकाले बाख्राे खाने दाउमा जंगली जनावर नियन्त्रणमा लिने विश्वास लिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : १८ बजे