३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गा‌ैरीगंज गाउँपालिकालाई बाह्रदशीले जित्याे


२९ मंसिर २०७६, आइतबार  

0
Shares

20191215_210323
सुरुङ्गा२९, मंसिर / झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जीत निकालेको छ ।बाह्रदशीले गौरीगञ्ज गाउँपालिकालाई ७-१ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल गरे । उनी खेलको म्यान अफ दी म्याचसमेत भए । उनलाई समाजसेवी पदम उप्रेतीले नगद पुरस्कार प्रदान गरे ।बाह्रदशीका लागि अमृत मुर्मुले २ गोल र श्याम मुर्मुले १ गोल गरे । गौरीगञ्जका लागि एकमात्र गोल खेलको २६औँ मिनेटमा प्रविन विकले गरेका थिए । सोमबारको खेल बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताए ।प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५१ ह्जार १११ रुपैँया पाउने छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : १८ बजे