१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाका १८ विपन्न परिवारलाई सरकारले घर निर्माण गरिदिने, वार्ड नं. ५ मा पनि पिच बाटाे बन्ने


२८ मंसिर २०७६, शनिबार  

0
Shares

20191214_192014

गाैरीगंज २८, मंसिर / गाैरीगंज गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई प्रदेश र संघिय सरकारले घर निर्माण गरिदिने भएकाे छ ।
प्रदेश तथा संघिय सरकारले गाउँपालिकाकाे वार्ड नं. ३,४,५ र ६ का १८ गरिब तथा विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिदिने भएकाे हाे । संघिय सरकारले १३ वटा घर र प्रदेश सरकारले ५ वटा घर निर्माण गर्ने गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेले जानकारी गराए । प्रत्येक घरकाे लागि ३ लाख ५० हजार रूपैयाँ वजेट विनियाेजन भएकाे र उपभोक्ताकाे १० प्रतिशत सहभागिता रहने उनले बताए । नेकपाका सचिवालय सदस्य केदार ढुंगेलका अनुसार उक्त कार्यक्रम सम्पन्न गर्न शुक्रबार संघिय सरकारकाे वजेटबाट बन्ने घरहरूका लागि रामप्रसाद माझीकाे अध्यक्षतामा समिति गठन भएकाे छ । समितिकाे सदस्यहरूमा खैरूण मियाँ, सुनिता परियार, शेषलाल शरबरिया, गाेपी सुन्दास र सचिव गाउँपालिकाका प्राविधिक रहेका छन् । त्यसैगरी प्रदेश सरकारबाट बन्ने घरका लागि राजेश ऋषिदेवकाे अध्यक्षता समिति गठन भएकाे छ । समितिकाे सदस्यहरूमा अनिल राय, मञ्जु हस्दा र लारावती ऋषिदेव रहेका छन् । २ काेठे , टिनकाे छाना, १० इन्च दिवाल, भुई ढलाई र भरण्डा रहने गरि घर निर्माण हुने र उक्त भवनहरू चैत २६ गते भित्र निर्माण गरिसक्नु पर्ने सचिवालय सदस्य ढुंगेलले बताए । यसकाे सहजिकरण शहरी विकास कार्यालयका प्रतिनिधि जीवन लामाले गर्ने छ ।
त्यसैगरि प्रदेश सरकारकाे सशर्त अनुदानबाट गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ मा पिच बाटाे निर्माण हुने भएकाे छ । प्रदेश सरकारकाे १ कराेड रूपैयाँ र गाउँपालिकाकाे करिब ३० लाख रूपैयाबाट बाटाे निर्माण हुने नेकपा वार्ड नं. ५ का वार्ड अध्यक्ष असाेक ताजपुरियाले बताए । उनका अनुसार याे बाटाे वार्ड नं. ५ काे पहिलाे पिच बाटाे हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १ : ३७ बजे