३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादह नगरपालिकाकाे दामुनामा लैंगिक हिंसाविरूद्व जनचेतना कार्यक्रम


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

20191212_175804

काेेेेेेचिला संवादाता
गाैरादह २६, मंसिर / झापाकाे गाैरादह नगरपालिका वडा नं -६ काे दामुनामा लैंगिक हिंसाविरूद्व जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ । इलाका प्रहरी कार्यालय गाैरीगंजले आफ्नो कार्यक्षेत्र भित्र गाउँ समाजमा हुने गरेका विभिन्न प्रकारका हिंसाहरु अन्त्य गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेकाे हाे । अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरूद्वकाे अभियानलाई सफल पार्न कार्यक्रम आयाेजना गरिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंज प्रमुख गणेश भट्टराईले जानकारी गराए ।त्यसअवसरमा लैंगिक हिंसाका साथै बिपद जाेखिम न्युनिकरण र ट्राफिक सचेतना कार्यक्रम समेत संचालन गरिएकाे थियाे।ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख भट्टराईले लैंगिक हिंसाका बिषयमा, विपद् जाेखिम न्युनिकरणमा प्रहरी सहायक निरिक्षक सुवास मिश्र र ट्राफिक जनचेतना कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका इन्चार्ज भाेजराज चाैलागाईले सहजिकरण गरेका थिए ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे आयाेजनामा सञ्चालन गरिएकाे कार्यक्रममा गौरादह नगरपालिका वडा नं ६ दामुना क्षेत्रका ६० जनाकाे सहभागिता थियाे । कार्यक्रमलाई सहजिकरण गर्दै ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख गणेश भट्टराईले कार्यक्रमलाई सहजिकरण गर्दै समाजमा हुने गरेका विभिन्न प्रकारका हिंसाहरूलाई न्युनिकरण गर्न आवश्यक रहेकाे जानकारी गराए । लैंगिक,जातिय हिंसा अमानवीय ब्याबाहार रहेकाे बताएका थिए।हिंसाका कारणहरु, त्यसबाट पर्ने असर र न्युनिकरणका उपायहरुका बारेमा जानकारी गराएका थिए।समाजमा हुने गरेका धर्म, संस्कृतिक हिंसा, वालविवाह, वहुविवाह, बाेक्सीका नाममा दिने यातना, लिंगका आधारमा गरिने भेदभाव, याैनजन्य हिंसा र दाइजाे प्रथा लगायतका विषयहरूमा न्युनिकरण गर्ने उधेश्यले सहजिकरण गरेका थिए ।
त्यसैगरी प्रशनि सुवास मिश्रले आगलागीका कारण, आगलागीबाट बच्ने उपाय , क्षतिकाे न्युनिकरण, भुकम्प, वर्षातकाे समयमा हुने वाढीकाे जाेखिम घटाउन गरिने क्रियाकलापका बारेमा सहजिकरण गरेका थिए । अस्थायी ट्राफिक प्रहरी पाेष्ट गौरीगंजका ईन्चार्जभाेजराज चाैलागाईले दुर्घटनाबाट जाेगिन अपनाउनु पर्ने उपायका बारेमा सहजिकरण गरेका थिए । मादकपदार्थ सेवन गरि सवारीसाधन नचलाउन, सडक घुमेकाे ठाउँमा सवारी साधन विस्तारै चलाउन, माेटर साइकल चलाउदा हेल्मेट अनिवार्य लगाउन, भिड तथा बजार क्षेत्रमा सवारी साधनकाे गति नियन्त्रण गर्न, जेब्राक्रसिङबाट सडक पार गर्न लगायतका विषयमा सहजिकरण गरेका थिए। सवारी साधन चलाउदा हाेसियार नहुदा धन जनकाे क्षेति हुने भएकाले त्यस बाट बच्न ट्राफिक नियमकाे पालना गर्नु पर्ने जानकारी गराएका थिए।त्यस अवसरमा ट्राफिक जनचेतना जगाउने प्रचा पंप्लेट बितरण गरेका थिए।
कार्यक्रम वडा नं -६ का वार्ड अध्यक्ष खड्ग प्रसाद पराजुलीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे स्थानीय कामेस्वर राजवंशीले गाउँ घरमा हुने गरेका समस्याका बारेमा प्रहरीलाई जानकारी गराएका थिए। ।कार्यक्रममा दामुना बजार ब्यबस्थापन समिति अध्यक्ष देव नारायण बिष्ट, वडा महिला संजाल अध्यक्ष मनमाया राई, कार्यपालिका सदस्य पर्वता ताजपुरीया, वडा सदस्य टीका चुडाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १२ : १४ बजे