१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुवालडुब्बा युवा समूहद्वारा मृगौला पिडित देवकुमारलाई आर्थिक सहयाेग प्रदान


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

.20191212_155314
गाैरीगंज २६, मंसिर / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ठेकिटाेला बस्ने दुवै मृगौला पिडित देवबहादुर राेक्कालाई गुवालडुब्बा युवा समुहले आर्थिक सहयाेग प्रदान गरेकाे छ ।
आर्थिक अबस्था कमजोर भएका ३२ बर्षिय देब बहादुरलाई उपचारकालागि स्थानीय बासिन्दाले गठन गरेकाे देव बहादुर राेक्का बचाउ अभियान समिति मार्फत गुवालडुब्बा युवा समुहकाे टाेलीले उनकै घरमा पुगी आज ६ हजार ५ सय ९५ रूपैयाँ सहयाेग प्रदान गरेकाे हाे । युवा समुहले समुहका सदस्य तथा अन्य दाताहरूबाट रकम संकलन गरि पिडित देवकुमारलाई सहयाेग गरेकाे समुहका संयाेजक तथा युवा समाजसेवी भाेला चक्रवतीले बताए ।
यादब रिजालकाे संयाेजकत्वमा देब बहादुर राेक्का बचाउ अभियान समिति गठन गरिएकाे छ ।
बिपन्न परिवारका देब बहादुर बुवा आमाका एउटै मात्र छाेरा हुन।देब बहादुरका बुवा कबिराज र आमा हेमा देबि राेक्काले छाेरालाई उपचारकालागि सहयाेग गर्दिन अाग्रह गरेका छन् । पिडित देवबहादुर हाल औषधि सेवन गरिरहेका छन् भने उनकाे नियमित डायलासिस भईरहेकाे छ ।

20191212_155328
१४ बर्षकाे उमेरमा सुगर राेग लागेकाे र त्यसकाे केही बर्ष पछि प्रेसरकाे बिराम थपिए पछि अहिले आँखा र मृगौलामा समेत समस्या देखिएकाे छ। नाेबेल अस्पतालका डा. काे सल्लाह अनुसार समयमै उपचार गर्न सकेमा राेग निकाे हुने बताएपछि स्थानीयवासी आर्थिक संकलनकालागि जुटेका छन।समितिका संयाेजक यादब रिजालले गरिबिकाे रेखामुनि रहेका देब बहादुरलाई बचाउन देश बिदेशमा रहनु हुने ईच्छुक महाुनुभाबहरुलाई सहयाेग गरिदिन अनुराेध गरेका छन्।सहयाेग गर्न चाहने ईच्छुक महानुभाबहरुले समितिका सचिब निलहरी काफ्ले र काेषाध्यक्ष राधिका कुमारी भुजेलकाे नाममा संयुक्त खाेलिएकाे नेपाल बैंक लिमिटेडकाे खाता नं ०७३०१००६७५९०५३०००००१ मा जम्मा गर्न सकिने समितिले जनाएकाे छ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १० : १२ बजे