४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिकाका प्रशासकिय अधिकृतकाे विदाई तथा स्वागत


२५ मंसिर २०७६, बुधबार  

0
Shares

20191211_195100

गाैरीगंज २५, मंसिर / गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यलाई आज विदाई गरिएकाे छ ।
करिब २ बर्ष अगाडिदेखि गाैरीगंज गाउँपालिकामा कार्यभार सम्हालेका अधिकृत शाक्यकाे भाेजपुर जिल्ला समन्वयमा सरूवा भएपछि उनलाई विदाई गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि उपहारसहित विदाई गरिएकाे थियाे । प्रमुख प्रशासकिय अधिकृत शाक्यकाे स्थानमा सरूवा भई आएका प्रविण दाहालले प्रमुख प्रशासकिय अधिकृतकाे कार्यभार सम्हालेका छन् ।
साेही कार्यक्रममा दाहाललाई स्वागत गरिएकाे थियाे ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे सभापतित्वमा भएकाे विदाई तथा स्वागत कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत तथा विदाई गरेका थिए ।
20191211_195352
त्यस अवसरमा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, १ नं वडा अध्यक्ष कार्तिकलाल राजवंशी, २ नं का अध्यक्ष अघनु प्रसाद राजवंशी, ३ नं. का अध्यक्ष मखना महताे, ४ नं. अध्यक्ष कुलप्रसाद गिरी,ल५ का अध्यक्ष विजय प्रसाद सिंह गन्गाई, ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी र वडा सदस्य उदिम कुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन विरेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  २ : ०८ बजे