१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

६ सय जनाका लागि कम्प्युटर अपरेटरमा जागिर खुल्याे


२३ मंसिर २०७६, सोमबार  

0
Shares

20191209_202741
गाैरीगंज २३, मंसिर / झापासहित देशका ६ जिल्लामा काम गर्ने गरि एकैसाथ ६०० जनाका लागि कम्प्युटर अपरेटर पदमा जागिर खुलेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले करारमा नियुक्त गर्ने गरी सो संख्यामा कम्प्युटर अपरेटर माग गरेको हो ।
विभागले जारी गर्ने विवरण दर्ता गर्ने कामका लागि झापामा १६४, ललितपुरमा ११७ , कञ्चनपुरमा ९१ जना, संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जना अपरेटर माग गरेको हो ।

दैनिक १ हजार २ सय रुपैयाँका दरले मासिक रुपमा पारिश्रमिक दिने गरि खुलाइएको सो जागिरका लागि आवेदकहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमार्फत निशुल्क आवेदन भर्न सक्ने विभागद्धारा जारी सूचनामा उल्लेख छ । १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेका कम्तीमा प्रविणता प्रमाण पत्र तह वा सो सरहको शैक्षिक योग्यता भएका कम्प्युटर तालिम लिएका नेपाली नागरिकले सो प्रकृयामा सहभागी हुन पाउनेछन् ।

ईच्छुकले पुष ७ गते भित्र आवेदन गर्नुपर्ने जनाइएको छ । परीक्षा भने सम्बन्धित जिल्ला प्रशाासन कार्यालयले तोकेको स्थानमा पुष १९ र २६ गते ( ३/३ जिल्ला) फरक फरक ठाउँका लागि हुनेछ । झापासहित ३ जिल्लाका लागि भने पुष १९ गतेलाई परीक्षा तोकिएको पनि विभागद्धार प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : ५० बजे