१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समाज विकास केन्द्रीय समितिले भव्यरूपमा स्थापना दिवस मनाउदै


२२ मंसिर २०७६, आइतबार  

0
Shares

20191208_102704
गाैरीगंज २२, मंसिर / राजवंशी समाज विकास केन्द्रीय समितिले आफ्नाे २६ औं स्थापना दिवस पुस ४, ५र ६ गते भव्यरूपमा मनाउने भएकाे छ ।
प्रदेश नं.१ का मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शेरधन राईले स्थापना दिवसकाे अवसरमा समितिकाे केन्द्रीय कार्यालय भवन उद्घाटन गर्नुहुने छ ।
समितिकाे स्थापना दिवसकाे अवसरमा माेरङ्गकाे कटहरी गाउँपालिका वार्ड नं. ३ मा रहेकाे कार्यालय उद्घाटन साथै परम्परागत रितिरिवाज, लाेक सांस्कृतिक गीत संगीत स्थानिय तथा बंगाल, आसाम विहारका कलाकारहरूकाे भव्य प्रस्तुति रहने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा पुर्व गृह राज्य मन्त्री भीमराज चाैधरी राजवंशीले बताए ।
समितिले पुस ४ गते विहान ९ बजेदेखि सरसफाई तथा रत्तदान कार्यक्रम, पुस ५ गते ११ बजेदेखि भवन उद्वघाटन तथा स्थापना दिवस र पुस ६ गते स्थानिय तथा आसाम, बंगाल, विहारका कलाकारद्वारा जातिय लाेक संस्कृति झल्कने विभिन्न गीत संगीत प्रस्तुत हुने साथै जातिय खानपिन, घरायसी सरसमानकाे प्रदर्शनी स्टलहरू रहने समितिका केन्द्रीय सदस्य कमल राजवंशीले बताए ।
झापा, माेरङ्ग , सुनसरी तथा भारतकाे आसाम, बंगाल, विहारलगायतका स्थानबाट जातिय पहिरनमा कार्यक्रममा सहभागी हुने जनाईएकाे छ । समितिले ‘ जाग, उठ,बुझ, काेच राजवंशी सभाय, पहिचान बचाते गर्व करि नेपाल देश वेनाय ‘ नारा तय गरेकाे छ भने आम जनसमुदायलाई उत्त कार्यक्रममा सहभागी हुन आव्हान गरेकाे छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : ४७ बजे